Powered by Blogger.
औद्यौगिक सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न

कार्तिक, ८ हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको संयोजकत्वमा औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षता तथा क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै शुरु भएको कार्यक्रममा उद्योगी व्यवसायीले आफ्नो धारणा, समस्याका बारेमा विचार व्यक्त गरेका थिए । आफ्नो धारणा राख्ने क्रममा व्यवसायी शान्तिराम धिमालले निजी क्षेत्रका लागि कतिपय कानून समेत बाधक रहेको गुनासो गर्नु भयो । यसै गरी उद्योगीको तर्फबाट बोल्नुहुदै विजय कुमार बैद्यले श्रम समन्वय समितिको कार्यप्रति गुनासो गर्नु भएको थियो । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले भन्सार दर चर्को भएकोले सरकारले यस तर्फ सोच्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपाल भुषण बैद्यले व्यवसायीका कतिपय   माँगहरु सरकारी तबरले मात्र सम्बोधन गर्न सक्ने भएकोले यसका लागि क्षेत्रीय प्रशासक मार्फत ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा बोल्नु हुँदै पत्रकार महासंघ, मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीले यस्ता कार्यक्रम फलयी हुने भएकोले आगामी दिनमा मजदुरलाई समेत सहभाग् िगराउन आग्रह गर्नु भएको थियो । संघको सभाकक्षमा भएको अन्तक्र्रिया कार्यक्रममा पत्रकार प्रताप विष्टले उद्योगी व्यवसायीहरुको सामाजिक उत्तरदायित्वको क्षेत्रमा कम ध्यानद गएकोले यस तर्फ व्यवसायीहरुले ध्यान दिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा मध्य क्षेत्र प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, मध्य क्षेत्र सशस्त्र प्रहरी कार्यालयका सशस्त्र प्रहरी महानिरीक्षक बाबुराम पाण्डे, राष्ट्रिय अनुसन्धानका नायब महानिरीक्षक अलि अस्गर हुसैन लगायत तीनवटै सुरक्षाका क्षेत्रीय प्रमुखहरुले आआफ्नो धारणा राख्ने क्रममा उद्योगी व्यवसायीहरुको सुरक्षामा कुनै कमी हुन नदिएको र आगामी दिनमा समेत सुरक्षामा ढुक्क हुन आग्रह गर्नु भयो ।  कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख मीरा चौधरी, घरेलु कार्यालय प्रमुख पुष्कर भट्टराई, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाई, उवासंघका उपाध्यक्ष विष्णु खनाल, महासचिव महेन्द्र राउत, कार्य समिति सदस्य माधव न्यौपाने, दिपक उप्रेती, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । संघको पहलमा आगामी दिनमा सबै क्षेत्रलाई समेटेर पुनः यस्तै अन्तक्र्रिया गरिने जानकारी समेत दिईएको थियो ।

0 comments

Write Down Your Responses