Powered by Blogger.
नेपाल समाजबादी ई अटो सफारी संघको प्रथम राष्ट्रिय भेला सम्मन्न ,अध्यक्षमा थापा निर्वाचित

कार्तिक, ८ हेटौंडा । नेपाल समाजबादी ई अटो सफारी संघको प्रथम राष्ट्रिय भेला आज सोमवार हेटौडामा सम्पन्न भएको छ  ।
नेपाल समाजवादी ट्रेड युनियन महासंघको केन्द्रिय संयोजक लालध्वज नेम्वाङको प्रमुख आतिथ्यता तथा नेपाल समाजवादि ई अटो सफारी राष्ट्रिय भेला आयोजक समिति मकवानपुरका अध्यक्ष सुदेव थापाको सभाध्यक्ष्यतामा भएको कार्यक्रममा नयां शक्ति नेपाल ३ नं प्रदेश सह–संयोजक सोनाम सिं स्याङतान , मजदुर उत्प्रेरक ज्ञानेन्द्र लामिछाने , टे«ड युनियनका केन्द्रिय सचिव विष्णुप्रसाद पौडेल , नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष प्रेम पुरि, सचिवालय सदस्य रामशरण घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।  
विश्वका व्यावसायी चालक एक होँऔ, भन्ने मुल नाराको साथ आयोजना गरिएको कार्यक्रमले सुधिर थापाको अध्यक्षतमा २५ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको छ ।
 कमिटिको वरिष्ठ उपाध्यक्षमा प्रेम पुरी,उपाध्यक्षमा राकेश धमला र हरि वस्नेत महा सचिवमा नारायण ढुंगाना , उपमहासचिवमा शिव थापा र हिमाल थापा , सचिवमा रुक्मिणी सुवेदी र शान्तिराज लामा तथा कोषाध्यक्षमा रमेश घिमिरे रहनुभएको छ । 
प्रथम भेलाले सदस्यहरुमा,गंगा अधिकारी , बिमला पराजुली , चिनिमाया थापा , खुस्वु थापा , विष्णुहरि वाईवा लगायत रहेका छन् । संघको संस्थापक सल्लाहाकारमा रमेश कार्की चयन हुनुभएको छ । 


0 comments

Write Down Your Responses