Powered by Blogger.
न्युजिल्याण्डबाट एमाले महासचिव पोखरेलले भने, समृद्ध नेपाल निर्माणमा प्रवाशीहरुको सहयोग अपरिहार्य छ’


पापामोआ(न्यूजिल्याण्ड), ९ कात्तिक । समृद्ध नेपाल निर्माणका लागि प्रवासी नेपालीहरुको लगानीसंगै उनीहरुले प्रवासमा सिकेको ज्ञान र सिपको अपरिहार्यता रहेको नेकपा (एमाले) का महासचिव इश्वर पोखरेलले बताएका छन् । 

प्रवासी नेपाली मञ्च न्यूजल्याण्डको प्रथम अधिवेशनमा सहभागि हुन आएका महासचिव पोखरेलले मञ्चको अधिबेशन पछि पापामोआमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हामी सम्बृद्ध नेपाल निर्माणको बाटोमा छौं, त्यसमा विदेशमा रहेका नेपालीहरुको सहयोगको खाँचो छ ।’

नेपालमा विस्तारै प्रवासी नेपालीहरुको लगानी भित्रन लागेको जानकारी गराउँदै उनले विदेशमा रहेका कुनै पनि नेपालीले प्राथमिकताका आधारमा लगानी गर्न चाहन्छ भने राज्यले दश वर्षसम्म राजश्व नलिले वातावरण सृजना गर्न पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 

पोखरेलले थपे, ‘तर, त्यसका लागि ठोस प्रस्ताव चाहिन्छ, झारा टार्ने खालको होइन ।’ संविधान निर्माण र नेपाली राजनीति अवस्थाका बारेमा जानकारी गराउँदै पोखरेलले भने, ‘हामीले हाम्रो काम आफै गर्छु भन्दा छिमेकीलाई असैह्य पीडा भएकाले आम नेपालीले दुःख पाए ।’ उनले थपे, ‘अब सबै राजनीतिक दल एक ठाउँमा उभिएर बाह्य हस्तक्षेप र उनीहरुको अनावश्यक चासोलाई निश्तेज पार्नु पर्छ, यसका लागि प्रवासमा रहेका आम नेपालीको साथ र सहयोग चाहिन्छ ।’ 

विभिन्न चरणको आन्दोलनबाट नेपालीले राजनीतिक अधिकार प्राप्ति गरेपछि अब समृद्धिका लागि अघि बढ्न खोज्दा छिमेकीलाई चित्त बुझेन र रोक्न खोजे पोखरेलले थपे, ‘तर, अब उनीहरुको चाहना पुरा हुन सक्तैन,  मुलुक सम्बृद्धी तर्फ लम्कदै गएको छ र एमालेले त्यसको नेतृत्व गरिरहेको छ ।’ 

प्रवासमा समुदाय केन्द्रित संगठनको आवश्यकता औल्याउँदै महासचिव पोखरेलले न्यूजिल्याण्डमा निर्माण गरिएको प्रवासी नेपाली मञ्चलाई पनि सोही अनुरुप विकास गर्न आग्रह गरे । साथै उनले विदेशमा साँघुरो दायराका संगठन खोल्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै भने ‘हामीले राजनीतिक रुपमा जुनसुकै विचार बोक्ने व्यक्तिलाई पनि एक ठाउँमा ल्याउन सक्ने संगठन बनाउनु पर्छ ।’ 

सोही कार्यक्रमा सहभागी भएका एमाले नेता एवंम् सासंद आनन्द पोखरेलले न्यूजिल्याण्डको विकास र प्रगतिले आफुलाई लोभ्याएको बताउँदै प्रवासमा सिकेको सिपलाई नेपालमा प्रयोग गर्न सके नेपालको विकास हुन कति पनि समय नलाग्ने बताए । 

न्यूजिल्याण्ड र नेपाल दुबै कृषि प्रदान देश भएको प्रसंग उल्लेख गर्दै थपे, ‘अब नेपालको विकास गर्न हामीलाई विदेशी आर्थिक सहयोग होइन विदेशी प्रर्यटक र प्रवासमा नेपालीलेले सिकेका सिपको खाँचो छ ।’कार्यक्रकमा प्रवासी नेपाली मञ्च अष्ट्रेलियका पुर्व अध्यक्ष एवम् सल्लाहाकार विनेद श्रेष्ठले प्रवासमा रहेका नेपालीहरुले नेपालको विकासमा खेलेको भूमिकाको बारेमा चर्चा गर्दै प्रवासी नेपाली मञ्चको औचित्यका बारेमा चर्चा गरेका थिए ।

यसैगरी कार्यक्रममा एनआरएन न्यूजिल्याण्डका उपाध्यक्ष कमल वाइवा, नेप्लिज एसोशिएसन इन बीओपी न्यूजिल्याण्डका अध्यक्ष रमेश गुरुङ्ग, प्रवासी मञ्ज न्यूजिल्याण्डका अध्यक्ष आत्माराम खनाल लगायताका बक्ताहरुले न्यूजिल्यण्डका नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

यसैगरी मञ्चको प्रथम अधिबेशनले आत्माराम खनालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिबेशनले समितिको उपाध्यक्षमा रामराजा ओली र बुद्धिराम बन्जाडे, महासचिव प्रदिप रुपाखेती र कोषाध्यक्षमा भावना नेपाललाई निर्वाचित गरेको छ ।



0 comments

Write Down Your Responses