Powered by Blogger.
आग्रालाई थाहा नगरमा नमिलाउने कुरा गर्नु विकासमा पछि पर्नु हो

गौतम बुद्ध लामा, क्षेत्रीय सह इन्चार्ज
नेकपा(एमाले), क्षेत्र नं ४,मकवानपुर


गाँउ पालिका गठनबारे  गाँउमा छलफलहरु गम्भिर ढंगले चलिरहेको छ, तपाई त काठमाडौंमा पो देखिनुहुन्छ ?

हाम्रो गाँउ तथा क्षेत्रका कमरेडहरु सबैजसो इलाकाहरुमा गम्भिर रुपमा यस खाले छलफलमा भाग लिइरहनु भएको छ ।  म बुबाको उपचारको शिलसिलामा केही महिना यता काठमाडौं मै  बाध्यतावश रहनु परेको छ । तर पनि भ्याएसम्म मिलाएर पार्टीका कार्यक्रमहरुमा सहभागिता जनाइरहेकै छु । 

केही दिन अघिमात्र थाहा नगर पालिकामा भएको चियापानमा सहभागिता दर्शाएर फर्किएको हुँ । शुक्रबार मात्र उत्तरी मकवानपुरमा इलाका विस्तारबारे पछिल्लो पटक छलफल भएको हो । सोे छलफलमा  सहभागिता जनाउनका लागि म काठमाडौंबाट पालुङ तर्फ हिँडेको हो । तर बिहान साढे ८ देखि साढे १२ बजेसम्म जाम परेर बिचैबाट फर्किनुप¥यो । यसले मलाई दुख लागेको छ । 

तपाँई त आग्राको पूर्व जनप्रतिनिधी, आग्रालाई थाहा नगर पालिकामा गाभ्ने कुरामा आग्रावाशीले बिरोध गरेको कुरा आयो नी ?

यसअघि आग्रामा भएको वृहत सर्वपक्षीय छलफलले आग्रालाई थाहा नगर पालिकामा नै समावेश गर्ने निर्णय गरेको हो । जुन कुरालाई जिल्ला विकास समितिले अनुमोदन गरेर केन्द्रमा पठाइवरी त्यसलाई नै कायम गर्ने सहमति भएको हो । तर केही काँग्रेसी साथीहरुको निहित स्वार्थका कारण त्यसलाई उल्ट्याउने षड्यन्त्र भएको छ । त्यही योजना अनुसार यसअघि सहमति भइसकेको विषयलाई विवाद गर्न खोजिएको छ ।  

अन्त जेसुकै गरुन् तर आग्रा थाहा नगर पालिकामा मिसाउँदा मात्र आग्रावाशीको विकास र हित हुन्छ । त्यहाँको आम जनताको चाहना र माग पनि यही हो । जहाँसम्म बिरोधको कुरा छ, त्यो सत्य होइन, केही सिमित स्वार्थी समूहले प्रायोजित ढंगले गरेको विरोध भएकाले त्यसको केही अर्थ छैन । 

आग्रा, गोगने र डाँडाखर्क मिलाएर छुट्टै गाँउ पालिका बनाउने प्रश्ताव पनि रहेछ, त्यसो गर्दा के फरक पर्छ ?

डाँडाखर्कमा आग्रालाई मिलाउने भनेर उठेको कुरा नै आधारहिन छ । किनकी बैकुण्ठ कैलास गाँउ पालिका डाँडाखर्क, गोगने, कालकाटार र नामटार मिलाउने तथा थाहा नगर पालिकामा हालको थाहा नगर पालिका र चित्लाङ, आग्रा र टिष्टुङ गाविस मिलाउने सहमति भएको हो । 

राज्य पुर्नसंरचना आयोगले प्रश्ताव गरे सबैसंग मोटामोटी सहमति भइसकेको यस विषयमा अनेक कारण र तर्क गरेर आग्रालाई थाहाबाट अलग्याउँदा आग्रावाशीको हित कदापि हुँदैन । बैकुण्ठ कैलाश गाँउ पालिका डाँडाखर्कको वडा नम्मर ५ र ८ पर्छ । जुन गाँउ पालिका पहिले नै निर्णय भएर  एकै ठाँउमा मिलाउने निर्णय भइसकेको छ । 

अहिलेसम्म कालिकाटारसम्म कुनै विकासको संरचना तयार भइसकेको छैन । मान्छेहरु हिँडेरै ओहोर दोहोर गर्नुपर्छ । सडक पुगेको छैन । थाहामा मिल्यो भने विकासको लहर नै सुरु हुन्छ । 

त्यो बाहेक अन्य फाइदा केही ?

कुलेखानी जलाधार क्षेत्र निर्माण गर्ने क्रममा आग्राको ३ नम्मर वडा अन्तर्गत पर्ने कुहीभिर भन्ने वडा आग्रालाई जलाधारक्षेत्रले नछोओस् भन्नका लागि पालुङको ९ नम्मर वडामा थपिएको थियो । जुन निर्णय नै आग्रावाशीका लागि घातक थियो । 

अहिले पनि झण्डै त्यस्तै खाले षड्यन्त्र सुरु भएको छ, जुन कुनै हालतमा स्विकारीदैन । किनकी आग्रालाई त्यतीबेला दामन पालुङसंग नछुवाएर डाँडाखर्क, भार्ता, गोगनेतिर पु¥याएकै कारण यहाँको विकासको गति यति पछि परेको भन्ने कुरा हामीले बिर्सनु हुँदैन । त्यो बेला यता आग्रालाई पारिएको भए कुलेखानी जलाधार क्षेत्रमा हाम्रो क्षेत्रफलले पनि योगदान पु¥याउँथ्यो । 

त्यहाँको रोयल्टी समेत विकास निर्माणमा लगानी गर्न सक्ने अवशर निर्माण हुन्थ्यो । यो कुरा अहिले पनि बुझ्न नसकेर केही साथीहरु पुःन आग्रालई २१ औं शताब्दीबाट अठारौं शताब्दीतिर धकेल्ने दुश्प्रयास गर्दैछन् । 

वडाहरुको चाँही कसरी समायोजन गर्नुपर्ला त ?

अब बन्ने नगर पालिकामा थाहा नपा १ र १२ मिलाएर १ वडा, २, ३, ४, ५ मिलाएर २ वडा, ६ र ७ मिलाएर ३ वडा, ८ र ९ मिलाएर ४ वडा, १० र ११ मिलाएर ५, वडा १३, १४, १५ मिलाएर  ६ वडा, आग्राको २, ३, ४, ५, ६, मिलाएर  ७ वडा, साबिक १, ७, ८, ९ मिलाएर ८ वडा अनि चित्लाङको सबै वडा मिलाएर ९ वडा र टिस्टुङको १, २, ३ ५ मिलाएर १० र वडा ४, ६ , ७, ८, ९ मिलाएर  ११ वडा हुने गरि ११ वटा वडा प्रस्ताब भएको छ  । 

आग्राले थाहा नपा संग नजोडिने तथा आग्रा गोगने र डाडाखर्क लाई मिलाइ गाउपालिका बनाउनु पर्ने बिचार आएको भन्ने सुनिएपनि त्यो दम भएको तर्क होइन । 






0 comments

Write Down Your Responses