Powered by Blogger.
चौतारी केन्द्रीय सदस्य साहको प्रमुख आतिथ्यतामा रक्तदान


बारा, २० कात्तिक । छठ पर्वको शुभअवसरमा बाराको बेलहिया बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
शनिबार कार्यक्रमका प्रमुख अतिथि एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुभाष साहले रक्तदान गरेर कार्यक्रमको उदघाटन गरेका थिए । 

रक्तदान नै जिवन दान भएको बताउँदै प्रमुख अतिथि साहले गाउँस्तरमा भएको रक्तदानले शहरदेखी गाउँसम्मका व्यक्तिलाई सहयोग पुग्ने आशा व्यक्त गरे ।  

बेलहियामा पहिलो चोटी रक्तदान कार्यक्रम भएको र आउने दिनमा प्रत्येक बर्ष छठ पर्वको अवसरमा रक्तदान कार्यक्रम गरिने समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । ब्लडबैंकमा रगतको अभावसंगै सर्वसधारणलाई समस्या परेकाले छठपर्वको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ । 

छठ पुजा व्यवस्थापन समिति प्रस्टोका–६ बेलहियाको आयोजनामा भएको सो रक्तदान कार्यक्रममा दुई महिला सहित ३३ जनाले रक्तदान गरेको स्थानीय शिक्षक जगरनाथ साहले बताए । 

शनिवार रक्तदान गर्ने रक्तदाताहरुमा पन्नालाल साह, धर्मेन्द्र साह, उदित ठाकुर, सुनेश्वर साह, धर्मराज साह, नरेश साह, सरोज साह, कृष्णकुमार साह, सुरेन्द्र साह, लालबहादुर मण्डल, मोताब अंसारी, सुभाष साह, संदिप सराफ, ओमप्रकाश कुशवाहा, अञ्जली साह, ताज अंसारी, प्रदिपकुमार गुप्ता, शुभनारायण गुप्ता, प्रतिभाकुमारी साह, सोनु साह, उमेश राउत, हरिकिशोर साह, डायनियर साह लगायत छन् । 

यसैगरी छविलाल साह, बिनोद साह, कलिममुल्लाह अंसारी, मुखतार अंसारी, मनरञ्जन साह, जुमाईमिया अंसारी, अभिमन्यु नेपाल, दिपक मण्डल, बीरेन्द्र साह र रोशन सराफले पनि  रक्तदान गरेको स्थानीय सुमित ठाकुरले बताए ।



0 comments

Write Down Your Responses