Powered by Blogger.
दामनमा भयो लेखापढी व्यवसायीहरुको भव्य जमघट


दामन, २० कात्तिक । उत्तरी मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र दामनमा लेखापढी व्यवसायीहरुको भव्य जमघट भएको छ । शनिबार नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन गोरखा जिल्ला समितको २० औं वार्षिक साधारण सभा दामनमा सम्पन्न भएको हो । 

सो सभाका लागि एशोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहाल, निवर्तमान अध्यक्ष तेजप्रसाद ढकाल, महासचिव कृष्णप्रसाद दाहाल ‘नवराज’ लगायतका नेताहरु दामन पुग्नुभएको थियो ।

गोरखा जिल्ला समितिको कार्यक्रम मकवानपुरमा आएर सम्पन्न गर्न पाँउदा आफूहरुलाई गौरव लागेका नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन जिल्ला समिति गोरखाका अध्यक्ष ऋषीराम देबकोटाले बताए ।जिल्ला समितिले आन्तरिक पर्यटन प्रवद्धन गर्ने उद्देश्यले मकवानपुर, चितवन र जनकपुरको अवलोकन भ्रमण गरेको र सोही क्रममा दामनमा कार्यक्रम राखिएको बताइएको छ । 

साधारण सभालाई सम्वोधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले सार्वजनिक प्रशासनमा भएका अनियमितता, अपारदर्शीता  र ढिलासुस्तीले नै समस्या थपिएको बताउँदै राज्य जनताप्रती पूर्ण उत्तरदायी हुन सके अन्य समस्या नआउने ठहर गरे । कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष तेजप्रसाद ढकालले लेपापढी व्यवसायीहरुलाई वर्षौदेखि प्राप्त कानुनी अधिकार समेत हनन गरिएकाले सो अधिकार प्राप्तीको लडाइँमा सबै एकजुट भएर लाग्नुको विकल्प नभएको बताए । 

कार्यक्रममा संगठनका महासचिव कृष्णप्रसाद दाहाल नवराज, कोषाध्यक्ष हरिप्रसाद पौडेल, केन्द्रीय अनुशासन समितिका संयोजक फणिन्द्र पौडेल, ३ नम्मर प्रदेश उपााध्यक्ष सुर्यबहादुर थापा, ४ नम्मर प्रदेश उपाध्यक्ष मायादेवी सोती, केन्द्रीय सदस्य (मकवानपुर) आत्मराम मोक्तान, पुरुषोत्तम दाहाल लगायतको उपस्थिति थियो । 

साधारणसभाले जिल्ला समितिको वार्षिक कार्यप्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ । अध्यक्ष ऋषीराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद पोखरेलले गरेका थिए । 





0 comments

Write Down Your Responses