Powered by Blogger.
अब इन्द्रसरोबर गाँउपालिका बन्ने


मकवानपुर, १९ कात्तिक । मकवानपुरका ४ गाबिस मार्खु, फाखेल, कुलेखानी र सिस्नेरी रहने गरि इन्द्रसरोबर गाउँपालिका बन्ने भएको छ । मकवानपुरको कुलेखानीमा शुक्रबार भएको सर्बपक्षीय भेलाले यो टुंगो लगाएको हो । 

सीमा निर्धारण आयोगको मापदण्ड र २०६८ को जनसंख्या अनुसार  मार्खु एक, कुलेखानी एक, सिस्नेरी एक र फाखेल  गाबिस दुई वडामा बिभाजन गरि पाँच वटा वडा कायम हुने भएको छ । 

यस्तैे केन्द्र भने कुलेखानी गा बि स मा रहने गरी सहमति भएको छलफलमा सहभागी फाखेल गाविसका सचिव राजकुमार सुबेदीले जानकारी दिए । 

–पुष्कल गोले



0 comments

Write Down Your Responses