Powered by Blogger.
थाहा नगरमा मिल्न आग्राले गर्यो किन असहमति ?


पालुङ, १९ कात्तिक । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति मकवानपुरको आयोजनामा थाहा नगरपालिकामा कुन कुन गाविस गाभ्ने भन्ने विषयमा छलफल भएको छ । 

थाहा नगरपालिकामा शुक्रबार भएको छलफलमा चित्लाङ, टिष्टुङ र आग्रा गाविसबासीले आफ्नो गाविस थाहा नगरपालिकामा गाभ्दा हुने फाईदा र बेफाइदाको विषयमा आ–आफ्नो मत राखेका थिए । 

यस अघि स्थानीय तह पुनःसंरचना आयोग समक्ष थाहा नगरपालिकामा आग्रा, टिष्टुङ र चित्लाङ गाविसलाई गाभ्ने प्रस्ताव गरिएको थियो ।

मकवानपुर मा अब ९ वटा इलाका प्रस्ताबित छ ।  त्यस मध्य थाहा नगरपालिका पनि एउटा इलाका हो । साबिक दामन पालुङ ब्रजबाराहीमा टिस्टुङ चित्लाङ र आग्रा गाबिस पनि समाबेस गराउने प्रस्ताब भएको छ । अब बन्ने नगर पालिकामा थाहा नपा १ र १२ मिलाएर १ वडा, २, ३, ४, ५ मिलाएर २ वडा, ६ र ७ मिलाएर ३ वडा, ८ र ९ मिलाएर ४ वडा, १० र ११ मिलाएर ५, वडा १३, १४, १५ मिलाएर  ६ वडा, आग्राको २, ३, ४, ५, ६, मिलाएर  ७ वडा, साबिक १, ७, ८, ९ मिलाएर ८ वडा अनि चित्लाङको सबै वडा मिलाएर ९ वडा र टिस्टुङको १, २, ३ ५ मिलाएर १० र वडा ४, ६ , ७, ८, ९ मिलाएर  ११ वडा हुने गरि ११ वटा वडा प्रस्ताब भएको छ  । 

आग्राले थाहा नपा संग नजोडिने तथा आग्रा गोगने र डाडाखर्क लाई मिलाइ गाउपालिका बनाउनु पर्ने बिचार राखेको छ ।

 त्यस्तै टिस्टुङले साबिक १, २, ३, ५ र ९ लाई एउटा र ४, ६, ७, र ८ लाई अर्को वडा  हुनु पर्ने बिचार राखेको छ । आग्राले पहिले जे निर्णय गरेको भएपनि  यदि डाडाबास केन्द्र हुन्छ भने गाउपालिका बनाउनु पर्छ भन्ने मत राखेको छ ।  

थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले संचालन गरेको छलफलमा प्राविधिक सहयोग समिति मकवानपुरका सदस्य एवं जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत विष्णुकुमार महतको सभाध्यक्षतामा भएको थियो । 



0 comments

Write Down Your Responses