Powered by Blogger.
आग्रालाई अँध्यारोमा धकेल्न खोज्नेहरु सावधान !


हरि  स्याङ्तान

अहिले सबैतिर राज्य पुनर्संरचनाको बहश तातो भएको छ ।  नयाँ बहस  प्रारम्भ भएसंगै विभिन्न व्यत्तिका मत अभिमतहरु विभिन्न मिडीया र सामाजिक सञ्जालमार्फत सर्वत्र बनेको छ ।  यही मेसोमा उत्तरी मकवानपुरको आग्रा गाविसलाई थाहा नगरमा गाभ्ने कि बैकुण्ठ कैलाश गाँउ पालिका वा अन्यत्र मिसाउने भन्ने बारेमा मतहरु सार्वजनिक भएका छन् । 

आग्रा गाविसलाई थाहा नगरमा गाभ्ने सबै दलको  सामुहिक र पूर्ववत निर्णय नै वैज्ञानिक छ । जसलाई उल्टाउने कुचेष्टा हुनु दुखद हो ।  यस्तो कुचेष्टा गर्न खोज्नेमा केही स्थानीय कांग्रेसी कार्यकर्ताको निहित स्वार्थ  बाहेक अरु केहि छैन  । ति व्यत्तिहरु जो आग्रालाई थाहा नगरमा गाभ्दा आफ्नो राजनीतिक भबिश्य गुम्ने डरले पहिले देखिने खुट्टा कमाउँदैछन् । 

अहिले आग्रालाई केन्द्रबिन्दु बनाएर छुट्टै गाउ पालिका बनाउन भनेर पनि हल्ला गरिएको छ ।  तर यो संभव देखिँदैन । किनकी यो हल्ला   चलाउने मित्रहरुलाई शायद राज्य पुर्नसंरचना को सिद्धान्त र उद्देश्य थाहा छैन । उद्देस्य थाहा नभएर यस्तो कुतर्क गरेका त पक्कै होइन होला ? आग्रा उनी हरुले प्रस्ताव गरे अनुसारको केन्द्र कसरी बन्न सक्छ ?

के यो राज्य पुर्नसंरचना को उदेस्य र सिद्धान्त संग मेल खान्छ ? के आफुलाई  सहज हुनु नै ठिक हो र ? आफुले ठुलो भाग खोज्दा अरुको भाग खोस्न मिल्छ ? हो, मा पनि आग्रा कै  बासिन्दा हुँ ।  आग्रालाई  केन्द्र बिन्दु मान्दा मलाई नि  सहज हुन्थ्यो ।  के मलाई सहज हुँदैमा  सबै लाई सहज भनेर सोच्ने हो ? यो आग्रालाई कहिल्यै नगरपालिका हुन नदिनेहरु को दिवा सपना मात्र हो । यस्तो सपना अब हामीले कहिल्यै पुरा  हुन दिनु हुन्न । 

आफ्नो सानो राजनीतिक स्वार्थको  लागि भावी सन्तति प्रति गद्दारी गर्न खोज्ने प्रति सचेत बनौं । सबैलाई  आग्रा नगर पालिका बन्नबाट रोक्न र सधैं भरी अँध्यारोमा धकेल्न खोज्नेहरुलाई साबधान रहन यसै लेख मार्फत अनुरोध तथा अपिल  गर्न चाहन्छु !  

रह्यो सबदलीय निर्णयको कुरा, आग्राका कुनै  वडा यस्तो छ कि जुन वडा भित्र प्राय सबै दलका प्रतिनिधि छन् । अरु वडा को त जरुरत नै छैन ।  अनि यस्तोलाई कसरी राजनीतिक सर्बदलीय निर्णय मान्ने ? यो प्रपोगाण्डा मच्चाउने पनि  यी महासयहरु नै हुन् ! जसले केहि कथित स्थानीय बुद्धिजीबी हरुलाई भ्रममा पारेर आगा्रलाई अँध्यारोमा धकेल्ने कुचेष्टा गर्दैछन् । त्यसैले म पुनः सम्पूर्ण  आगा्रवाशीलाई सतर्क हुन अनुरोध गर्दछु । 

(स्याङ्तान नेकपा (एमाले) मकवानपुर काठमाडौं  सम्पर्क मञ्चका सदस्य हुन् ।)

0 comments

Write Down Your Responses