Powered by Blogger.
कुन्छालका होम स्टेबाट पर्यटकलाई बिदाई


बज्रबाराही, १९ कात्तिक । थाहा नगर पालिका –१२ कुन्छालमा औपचारिक   रुपमा होम स्टे सञ्चालनमा आएको छ ।  पहिलो पटक  छो बिश्व बिद्यालय जापानका ७ जना विद्यार्थी हरुलाई पाहुनाको रुपमा स्वागत गरेर होम स्टेको सुरुवात भएको  हो । 

हाल ४  घर मा होम स्टे सुरु भएको हो । निकट  भबिश्यमा यसलाई वृद्धि  गर्दै लैजाने र स्वदेशी तथा बिदेशी पाहुनाहरुलाई गाउँमा  ल्याउने लक्ष्य  रहेको होम स्टे ब्यबस्थापन समितिका अध्यक्ष  सानुकाजी गोपालीले बताउनु भया े। पहिलो पटक  आएका अतिथि हरुलाइ कुन्छालका बासिन्दाहरुले बाजा गाजा र फुलमालाले भब्य स्वागत गरेक थिए । 

भ्रमण  टोलीले कुन्छाल गाउँको  बस्तुस्थितिको बारेमा अनुसन्धान  गरेको उनले बताए ।  कुन्छाल लाई पर्यटकीय गन्तब्य  बनाउन सम्भाब्यता अध्ययन समेत भएको छ । 

टोलीलाई होम स्टे सञ्चालकहरुले सगुन खुवाएर मालाका साथ विदाई गरेका छन् ।

– निराजन गोपाली



0 comments

Write Down Your Responses