Powered by Blogger.
जनशक्ति अध्यक्षमा पुनः के.सी.

थाहानगर,११ मंसिर ÷ उत्तरी थाहा नगरपालिका वडा वडा नं. ६ मा रहेको जनशक्ति कृषक सहकारी संस्थाको अध्यक्षमा आगामी तीन बर्षको लागि पुनः बिमल के.सी. सर्वसम्मत चयन भएका छन् । शनिबार आज संस्थाको कार्यालय दम्कीमा भएको छैठाँै साधारण सभाले के.सी.को अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र सुमन खत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको हो ।
 सञ्चालक समितिको उपाध्यक्षमा कान्छी लामिछाने, सचिवमा राजकुमार के.सी., कोषाध्यक्षमा बाबुलाल कार्की चयन भएकाछन् । यस्तै सदस्यहरुमा इश्वरप्रसाद ढकाल, लक्ष्मी लामा, शिब लामा, रामबहादुर खत्री, राजकुमार उप्रेती रहेकाछन् । साथै लेखा समिति सदस्यहरुमा सानोबाबु मुक्तान र सुर्य लामा चयन भएका छन् । 
सहकारीका अध्यक्ष बिमल केसीको अध्यक्षतामा भएको साधारण सभाले अध्यक्ष के.सी.ले भावी नीति तथा कार्यक्रम, सचिव राजकुमार केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसै गरि कोषाध्यक्ष शरण बिष्टले १ करोड ९ लाख ४९ हजार दुई सय ४१ रुपैंया बराबरको आय ब्यय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 


कृृषकहरुको लागि सुलभ र सुपथ मूल्यमा रासायनिक मल र बीउ बिजन उपलब्ध गराउदै आएको सहकारीले आगामी बर्षमा अझ ब्यवस्थित र प्रभावकारी ढङ्गले उक्त कार्यहरुलाई निरन्तरता दिदैं अझ थप कार्यक्रम सञ्चालन गरिने अध्यक्ष के.सी.लाई बताउनुभयो ।

0 comments

Write Down Your Responses