Powered by Blogger.
थाहामा जारी क्षेत्रव्यापी फुटवलमा ४ टिम बिजयी


पालुङ्ग । थाहानगरमा जारी उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगितामा अहिलेसम्म ४ वटा टिम बिजयी भएका छन् । 

सिमभन्ज्याङ संयुक्त युवाक्लब, अंगारे युवा क्लब, पारिजात स्मृति र वृहस्पती युवा क्लब विजयी भएका हुन् । प्रतियोगितामा टुइनवान युवा क्लबलाई चित्लाङको पारिजात स्मृति पुस्तकालयले २–० गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी दम्की युवा क्लबलाई अंगारे युवा क्लबले ३–१ गोल अन्तरले पराजित गर्यो ।

त्यस्तै दामन सिमभञ्ज्याङ संयुक्त युवा क्लबले आग्रा युवा क्लब समूह ए लाई ४–० को गोल अन्तरले पराजित गर्यो भन वृहस्पती युवा क्लबले सिर्जनशील युवा क्लबलाई १–० गोलले पराजित गरेको हो । 

नक आउटको आधारमा खेलाइएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ ।

0 comments

Write Down Your Responses