Powered by Blogger.
ह्वाईट सपना देख्दै गुज्रीएको ब्ल्याक जीन्दगी


सुमन गिरी

एकातिर एक जना ७ वर्षको बालक चाईना एण्ड ईण्डिया आर माई नेवर कन्ट्जि भनेर पढ्नुपर्ने समयमा आफ्नै उचाईको ग्यालिन बोकेर दिनभर मट्टितेलको लाईनमा बस्छ अनि अर्को तर्फ एक ८० वर्षे वृद्ध प्राकृतिक मृत्युवरणलाई कुर्दै कुर्दै म यो देशको नागरिक भन्दै ब्ल्याक ध्वासो लागेको नागरिकता बोकेर केहि केजी दाउरा लिन लाईनमा बस्छ अनि भनौ कति गम्भिर अवस्थामा पुगिसकेको छ मेरो मुलुक ।



नेपालमा संविधान जारी भएपछि काँचुली फेर्छ भन्ने शब्दावलीहरु तल्लो तहमा नेपालमा प्रत्येक गाँउका सञ्चालन भएका चिया पसलदेखि उपल्लोमा सिहदरबार परिसरका प्रत्येक कुर्सी, टेबल अझ भनौ यो जाडो याममा ढल्केर कार्यालयको कोठामा उक्लने र मुलुक अभावको रापमा असिन पसिन हुदाँ आफुलाई जाडो लागेर तल चौरमा ओर्लदै र भन्दै गर्दा ती बोट विरुवा, दुबो र हातमा समातिएको गिलासले पनि धेरै पटक सुने होलान् । सामान्यत काँचुली शब्दको अर्थ सर्पले वर्षमा एकपटक फेर्ने बाहिरी छाला भन्ने बुझिन्छ  राजनीतिक वृतमा नेपाली जनताले धेरै बैद्य र अबैद्य काँचुली फेरिएको देखे तर दुर्भाग्य भनौं कहिल्यै चयनको सास फेर्न पाएनन् । 

मंसिर महिना लागिसकेको छ, मौसम चिसिरहेको अवस्थामा दैनीकी चैत बैशाखझै असिन पसिन बन्दै गईरहेको छ । प्राकृतिक नियममै पर्ने रातको कुरा छोडौ बिहानीमा सुर्योदको ह्वाईट किरण देखेर अनुभुती नगर्दै शुरु हुन्छ, ब्ल्याक जीन्दगी ।

प्रत्येक नागरिकले नृत्यकर्ममा प्रयोग गर्ने सामान भान्सादेखि हर चिज ब्ल्याकमा पाईन्छ अचेल । कालो तारको बोक्रो भित्रबाट बहने करेण्ट माध्यमले पकाइएको भात हेर्दा सेतो हुन्छ तर त्यहि चामल ब्ल्याकमा ल्याईएको हुन्छ । स्वाद र स्वास्थ्यका लागि भन्दापनि सासका लागि खाने संस्कारमा गुज्रिएका हामी आम नेपाली हरचिज ब्ल्याकमा पाउछौ । तपाईको मनस्थितीमा जे सामानको नाम आउछ ती सब ब्ल्याकमा छन् अचेल । ग्यास, पानी, तेल, मसला, नुन, दाल चामल,तरकारी,आदि ईत्यादी । 

आफ्नो घरबाट कार्यलय वा कर्म थलोसम्म जाँदाको नियती सम्झिनुस अनि सोच्नुस आज सवार गर्ने मोटरको छतको सिट पाउदापनि गर्व गर्नुपर्ने भएको छ । २०७२ असोज ३ गते ब्ल्याक टाईममा आएको संविधानले भूगोलले नजिक रहेको छिमेकीसगँको सम्बन्ध ब्ल्याक भएको छ । सर्पले प्राकृतिक रुपमा फेरेका धेरै काचुली ह्वाईट देखेका छौ हामीले तर अफसोच संविधान सभाबाट निर्माण भएको संविधान पछि करिब ३ करोड नेपालीको भविष्य ब्ल्याक भएको छ । सूचना प्रबिधि र आधुनिकताले निकै सम्पनशाली र अग्रपंक्तीमा रहेका हाम्रा धेरै कुरा साघुरिएका छन् । 

प्रत्येक नेपालीको सोच र भाग्य साँघुरिएको छ , कति ठुला ठुला ह्वाईट सपना देख्ने हामी आजकाल एक सिलिण्डर ग्याँस, एक लिटर तेल, एक ग्यालीन मट्टितेल, एक पाकेट चाउचाउ, एक दिनको सहज यात्रा, एक फाईल औषधीसंग पटक पटक एउटै भाग्यलाई जोडिरहेका छौ । अनि भन्नुस त तपाई हामी भाग्यमानी कि अभागी ?

मौसम र वातावरणका कारण तराईमा रहने मानिसको हिमाल वा पहाडको तुलनामा छाला कम गोरो हुन्छ तर असोज ३ पछि नियत र सोच नै ब्ल्याक भएको अनुभुती भयो । हाम्रा प्रत्येक पल र दैनिकी कष्टकर बन्दै भए अनि सधै शरिरमा सफेद कुर्ता र चेहेरामा सेतो दारी राखेर हिड्न भारत सरकारका सरकार प्रमुख नरेन्द्र दामोदर दास मोदी नेतृत्वको सरकारको ब्ल्याक पोलीटिक्सका कारण हामी पिल्सीरह्यौ । नेपाल र भारतमा मात्र होईन् सिङ्गंो विश्वमा ब्ल्याक भर्सेस ह्वाईट जारीनै रह्यो । सम्भवत यो अघोषित नाकावन्दीले  आफ्नो मात्र २ महिने जन्मदिन मनाईरहदा हामी मानिस पुस्तांै पुस्ता र मुलुक, उद्योग व्यापार व्यवसाय कयांै जुनी पछाडि परेका छन् । 

प्रकृतिकै ब्ल्याक भूकम्पले थिलथिलिएका हामी नेपाली र हाम्रो मुलुक नेपाल छिमेकीकै कारण सुपर ब्ल्याकमा जिउन बाध्य छौ । १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल भएको मुलुकलाई राजनीतिक आवरणमा भूगोल, जात वा समुदायका केहि व्यक्तिको लहडमा चिरापार्ने निँहुमा सल्कीएको आगोले सिगंो मुलुकलाई ब्ल्याकमय बनाई दिएको छ ।

हामी नेपाली सहेर कहिल्यै नथाक्ने र विषम परिस्थितीमा पनि संघर्ष जारी राखी रहँदा  अनेकौ पीडा र समस्यामा परिरहेका छौ । सत्य के हो भने गल्ती व्यक्तिगत रुपमा हाम्रो थिएन र होईन तर परिस्थिती यति निर्दयी बन्यो कि हामी प्रताडित भइरह्यौ नेतृत्व पन्छिरह्यो । 

आफ्नो शैक्षिक करियर, व्यवसाय, रोजगारी र दैनिकिको सुनौलो अर्थात ह्वाईट सपना देख्यांै तर पल पल ब्ल्याक बन्दै गयो । करिब ६० दिनको ब्ल्याक समयमा मुलुकको कुन कुन क्षेत्रले के के गुमायो त्यसको लेखा जोखा छैन । 

एकातिर एक जना ७ वर्षको बालक चाईना एण्ड ईण्डिया आर माई नेवर कन्ट्जि भनेर पढ्नुपर्ने समयमा आफ्नै उचाईको ग्यालिन बोकेर दिनभर मट्टितेलको लाईनमा बस्छ अनि अर्को तर्फ एक ८० वर्षे वृद्ध प्राकृतिक मृत्युवरणलाई कुर्दै कुर्दै म यो देशको नागरिक भन्दै ब्ल्याक ध्वासो लागेको नागरिकता बोकेर केहि केजी दाउरा लिन लाईनमा बस्छ अनि भनौ कति गम्भिर अवस्थामा पुगिसकेको छ मेरो मुलुक । 

मानवता, मौलिक हक अधिकारका बारेमा वकालत गर्न प्रत्येक सन्धि सम्झौता बराबर क्रियाशिल संघ संस्थाको भूमिका के ? एउटा बिरामी औषधी नपाएकै कारण मर्दाखेर, एउटा बिद्यार्थी पचासी दिनदेखि बिद्यालय जान नपाएर बस्दाखेर ती संस्थाहरुले बोल्नुपर्ने कि नपर्ने ? अनगिन्ती सन्धि, महासन्धि र सम्झौतामा हस्ताक्षर गर्यौ तर कँहि कतैबाट नेपालमा लगाईएको नाकावन्दीका विरुद्धमा किन आवाज उठेन ? हो हामी गरिब छौ, लाचार छौ अनि उत्तिकै निरिह पनि ।

प्रदेश, मधेश वा जे जेको नाममा राजनीति गरेपनि विरुवाको हागाँ भाचेर सुन्दर फूल फूलाउने त्यो ब्ल्याक सोचबाट मुक्त हुनुपर्छ ।  हामी तमाम नेपालीको भरोसाको केन्द्र आवरणमा सरकार छ उसले सकिन्जेल ह्वाईट सोच, शक्ति र योजनाका साथ यो ब्ल्याक जीन्दगीबाट मुक्ति दिलाउनुपर्छ । मेरो ह्वाईट शुभकामना ।

(गिरी पत्रकाररिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरका साथै केही वर्षयता स्वतन्त्र पत्रकारिता एवं सञ्चार अनुसन्धानहरुमा संलग्न छन् । )




0 comments

Write Down Your Responses