Powered by Blogger.
प्रहरी हवल्दार तथा जवानहरूका लागि अपराध अनुसन्धान तथा नियन्त्रण तालिम


मकवानपुर,१३ मंसिर / प्रहरी हवल्दार तथा जवानहरूका लागि अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम आजबाट मकवानपुरमा सुरु भएको छ । नेपाल प्रहरीको प्रहरी अनुशिक्षण विकास कार्ययोजना २०७३ अन्र्तगतको घुम्ती प्रशिक्षण अनुशिक्षण अन्तर्गत मकवानपुरमा आज आइतबार देखि कार्यक्रम सुरु भएको हो ।
स्थानीय तहमा शान्तिसुरक्षा एवं अनुसन्धान लगायतका धेरैजसो काम हवल्दार र जवानहरूले गर्नुपर्ने भएकाले केन्द्रमा मात्रै हुने यस्ता तालिम जिल्लाव्यापी रूपमा चलाइएकोे प्रहरी निरिक्षक वेद प्रसाद गौतमले बताउनु भयो ।
सुचान प्रविधिको विकास हुँदै आएको अवस्थामा पछिल्लो समय सञ्चार माध्यम अर्थात साइबर क्राइम बढिरहेको बताउदै समाजमा हुने अपराधहरु न्यून गर्न यस तालिमले अमह भुमिका खेल्ने विश्वास लिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद दुवाडिलले बताउनु भयो । यस तालिममा सिके पश्चात अनुसन्धान गरी अपराधीहरुलाई कानुनी दायरामा ल्याउनको लागि सहयोग पुग्ने बताउनु भयो ।
प्रमुख अथिति समेत रहेका  दुवाढिले प्रहरीलेले गर्दै आएको सक्रियताको प्रसंसा गर्दै नागरिकसँगको सम्बन्ध, अनुसन्धानका तरिका, शान्ति सुरक्षा कायम गर्ने योजना बनाउने जस्ता विषयमा प्रहरी पोख्त हुनुपनर्मो समेत जोड दिनु भयो ।
प्रहरी निरिक्षण वेद प्रसाद गौतमले तालिमको वारेमा प्रष्ट पार्नु भएको थियो । ७ दिन सम्म चल्ने अनुशिक्षण तालिममा प्रहरी निरिक्षक नवराज ढुंगेल र प्र.स.नी राकेश शाहले सहजीकरण गर्नु हुनेछ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मिरा चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रसासन योजना शाखाका प्रमुख किसन न्यौपाने, वालवालिका कार्यालय मकवानपुरका प्रमुख शोभा शाह,वरिष्ट पत्रकार प्रत्ताव विष्ट,प्रहरी नायव उपरिक्षक बामदेव गौतम,सामुदायिक प्रहरी सेवा केन्द्र पशुपति नगरका अध्यक्ष राम विष्ट,प्रत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण शारुमगर लगायतको आथित्य रहेको थियो ।

0 comments

Write Down Your Responses