Powered by Blogger.
दाह्री ग्याङ मकवानपुरले बृद्धबृद्धालाई खाना र खाजा खुवायो

हेटौंडा, ११ मङ्सिर । दाह्री ग्याङ मकवानपुरले दिव्य सेवा निकेतन बृद्धाश्रममा आश्रीत बृद्धबृद्धालाई दिवा खाजा र बेलुकाको खाना खुवाई सेवा भाव प्रस्तुत गरेको छ । समाज सेवालाई प्रमुख उद्धेश्य लिई शुभारम्भ गरेको यस कार्यको सबैबाट प्रसंशा भएको छ ।
 दिव्य सेवा निकेतनमा संस्थाद्वारा आयोजित कार्यक्रममा विभिन्न व्यक्तिहरुले उक्त कार्यको प्रसंशा गरेका थिए । निकेतनका केन्द्रीय अध्यक्ष एबम कार्यक्रमका प्रमुख अतिथि टि आर निरौलाले युवा पिढिहरुले बृद्ध्बृद्धाप्रति गरेको सम्मानले अत्यन्तै खुसी भएको बताउर्दै सेवा र समर्पणमा लाग्न अनुरोध समेत गर्नु भयो ।
कार्यक्रममा शाखा मकवानपुरका अध्यक्ष चम्फुसिङ वाइवा, सदस्यहरु युक्तलाल बिश्वकर्मा दाह्री ग्याङ्का अच्युत खड्का , निशान सुवेदी , सन्दीप सुवेदी, दिवस सुवेदी  लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आश्रमका सम्पुर्ण बृद्धबृद्धाको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses