Powered by Blogger.
५ दिने सभा–सम्मेलन उद्घोषण तालिम शुरु

हेटौँडा, १३ मंसिर ÷  
रेडियो आकाशगंगा ८८.५ मेगाहर्जको आयोजनामा सोमबार देखि ५ दिने सभा–सम्मेलन उद्घोषण तालिम शुरु भएको छ ।
विभिन्न सभा–सम्मेलनमा महिला दिदी बहिनीहरुलाई निर्धक्क तरिकाले बोल्नमा सघाँउ पु¥याउन र क्षमता अभिवृद्धिका लागि  तालिमको आयोजना गरेको रेडियो आकाशगंगाका प्रबन्ध निर्देशक गंगा पौडेलले बताउनु भयो ।
 तालिमबाट महिलाहरुलाई घर परिवार, विभिन्न बैठक र भेलाहरुमा आफ्ना कुराहरु राख्न अझ सहयोग पुग्ने पौडेलेले बताउनु भयो । त्यसका लागि महिलाहरुलाई अभ्यास गर्न पनि उहाले आग्रह गर्नुभयो ।
विभन्नि पेसामा आवद्ध रहेका १० जना प्रशिक्षार्थी रहेको तालिममा पत्रकार देवराज पन्तले सहजीकरण गर्नुहुनेछ ।
पहलिो चरणमा महिलाको लागि दिइएको र दोस्रो चरणमा यहि मंसिर १९ गतेदेखि पुरुष प्रशिक्षार्थीहरुको लागि तालिम सञ्चालन हुने आयोजकले जनाएको छ ।

0 comments

Write Down Your Responses