Powered by Blogger.
पालुङ जेसिजले आगामी मंसिर १६ गते खुल्ला रत्तदान कार्यक्रम गर्दै

थाहानगर,१४ मंसिर / उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसिजले यहि मंसिर १६ गते खुल्ला रत्तदान कार्यक्रम गर्ने भएको छ । “रक्तदान, जिवनदान”भन्ने मुल नाराको साथ आयोजना गर्न लागिएको रत्तदान कार्यक्रम मंसिर १६ गते थाहाको शिखरकोट बजारमा हुने वर्ष २०१६ का कानुनी सल्लाहकार विजयश्याम अमात्यले बताउनु भयो । 
विहान ९ बजेवाट वेलुका ३ वजेसम्म हुने कार्यक्रमका लागी विभिन्न ब्यत्तिहरुवाट सहयोग जुटाउने कार्य भईरहेको वर्ष २०१६ अध्यक्ष शिब कुमार खत्रीले बताउनु भयो ।
सामाजिक कार्यलाई पहिलो प्राथमिकताको साथ कार्यक्रम गर्दै आइरहेको जेसिजल १ सय भन्दा बढी रत्तदाता बनाउने उदेश्यले यति वेला प्रचारप्रसारलाई तिब्र बनाईएको वर्ष २०१६ सञ्चार संयोजक रुपक कालिराजले जानकारी दिनु भयो ।
जेसिजका पूर्व अध्यक्ष खड्ग गोपालीको आर्थिक सहयोगमा हरेक वर्ष हुने गरेको रक्तदान कार्यक्रमको संयोजक जेसिस सदस्य दिनेश केसि रहनु भएको छ । सो रक्तदान कार्यक्रममा सहभागिता भई रक्तदान गर्नको लागि आयोजकले आग्रह गरेको छ । जेसिजले मंसिर १ गतेबाट जेसिज सप्ताहव्यापी कार्यक्रम समेत सम्पन्न गरि सकेको छ ।


0 comments

Write Down Your Responses