Powered by Blogger.
सामुदायिक रेडियो निकास ९३.४ मेगाहर्ज आजबाट चौंथो बर्षमा प्रवेश

मकवानपुर,१४ मंसिर /  मकवानपुरको हेटौंडाबाट प्रसारण भइरहेको सामुदायिक रेडियो,रेडियो निकास ९३.४ मेगाहर्ज आजबाट तेश्रो बर्ष पूरा गरी चौंथो बर्षमा प्रवेश गरेको छ । २०७० साल मंसिर १४ गतेबाट प्रसारण भएको रेडियो आजबाट प्रसारणको सफलता पूर्वक चौंथो बर्षमा प्रवेश गरेको हो । 
तेश्रो बार्षिकोत्सवको अवसरमा रेडियोले एक महिने बिभिन्न जनचेतना मुलक सहितका कार्यक्रम गर्ने भएको छ ।  बार्षिकोत्सवका अवसरमा यस बर्ष बिभिन्न कार्यक्रम संचालन गर्न लागिएको रेडियोका अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभएको छ ।  
निकास साप्ताहिकको को समेत १२ औं बार्षिकोत्सवका अवसरमो आँखा बिविर र आँखा सम्बन्धी कार्यक्रम, मकवानपुरको मन्थलीमा स्वास्थ्य शिविर,राजनीतिक दल र संचारकर्मीकाबीचमा मैत्रीपूर्ण फूलबल प्रतियोगिता समेत संचालन गरिने पनि उहाँले बताउनुभयो ।  
घर दैलो कार्यक्रम,सार्वजनिक सुनुवाई,जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता,उधोगी,ब्यवसायीसंघ अन्तरकृया कार्यक्रम,बिज्ञान दाताहरुसंग अन्तरकृया तथा श्रोता पाठक संग साक्षात्कार कार्यक्रम र ट्राफिक जनचेतना मुलक कार्यक्रम सहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिशिष्ट ब्यक्तिहरुसंग पत्रकारहरुको भ्रमण कार्यक्रम समेत तय गरिएको छ । यसरी नै रेडियो निकासका अध्यक्ष तथा निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काका पुजनीय पिता  रामचन्द्र खड्काको स्मृतिमा स्थापित रामचन्द्र खड्का सृजनशिल कृयाशिल पुरस्कारबाट एकजना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । रेडियो प्रसारणमा साथ दिने सबै प्रति रेडियोका अध्यक्ष खड्काले अभार प्रकट गर्नुभएको छ । आज एक बिज्ञप्ती जारी गर्दै अध्यक्ष खड्काले सम्पूर्ण बिज्ञापनदाता,शुभचिन्तक,शुभेच्छुक,जिल्लाका नागरिक समाज,राजनीतिक दल,समाजसेवी,पत्रकार सहित सहकर्मी लगायतलाई धन्यवाद ज्ञापन गर्दै  रेडियो निकास र निकास साप्ताहिकको सम्मृद्धिका लागि बिगतकै जसरी सहयोगको अपेक्षा गरिएको कुरा पनि खड्काद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 
हाल रेडियो निकास बिहान ५ बजेबाट राति ११ बजेसम्म प्रसारणमा छ भने यो रेडियोबाट उत्पादन हुने समाचार वीरगन्जको सामुदायिक रेडियो तराईबाट पनि रिले प्रसारण हुने गरेको छ । समाज रुपान्तरणमा रेडियो अझै अगाडि बढ्दै जाने प्रतिबद्धता समेत अध्यक्ष खड्काद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 
यसैबीच रेडियो निकासको तेश्रो बार्षिकोत्सव तथा निकास साप्ताहिकको १२ औं बार्षिकोत्सवको अवसरमा आज रेडियोमा मकवानपुरका पत्रकारहरुसंग अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । रेडियोका उपाध्यक्ष गोबिन्द रिमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने मकवानपुरका अगुवा पत्रकारहरुले रेडियो र पत्रिका निकासले समाज रुपान्तरणका लागि निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै अझै प्रगतिको कामना गरेका छन् । 
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष गिरिजा अधिकारीले श्रमजिवी पत्रकार र संचारसंस्थाहरुको उत्थानका लागि पत्रकार महासंघले मकवानपुरका उधोगी,ब्यवसायी तथा सरकारी कार्यालयहरुसंग समन्वय गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा पे्रेस चौतारीका अध्यक्ष प्रकाश दाहालले हेटौडामा संचारगृह र संचार जगतमा नै निकासले बार्षिकोत्सवको अवसरमा महत्वपूर्ण कार्यक्रम गर्दा जिल्लाका पत्रकारहरुमा नै गौरव बढेको बताउनुभयो । 
प्रेस सेन्टर मकवानपपुर शाखाकी अध्यक्ष नानीमाया बिष्ठले रेडियो र पत्रिका निकासका कारण मकवानपुर समाज रुपान्तरणमा टेवा पुगेको बताउनुभयो । रेडियो निकासका स्टेशन कोर्डिनेटर कृष्णउदास खनालको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा स्वागत भने रेडियो निकासका कोषाध्यक्ष अर्जुन सन्जेलले गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses