Powered by Blogger.
थाहानगरका उद्यमी महिलाहरुको लागि जुत्ता चप्पल बुनाई तालिम


जनक लामा
थाहानगर,१४ मंसिर  / महिला उद्यमी विकास समिति थाहा नगपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको सहयोगमा सञ्चालित जुत्ता चप्पल बुनाई तालिमको आज समापन भएको छ । थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको प्रमुख आतिथ्यता तथा महिला उद्यमी विकास समिति थाहा नगपालिकाका अध्यक्ष आरती श्रेष्ठको सभाध्यक्षतामा भएको हो । 

थाहा नगपालिका ३० उद्यमी महिलाहरुको सहभागिता रहेको तालिमको समापन गर्दै वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि खत्रीले मकवानपुर उत्तरी क्षेत्रका महिलाहरुलाई व्यवसायिक रुपमा लाग्नमा तालिमले सहयोग पुग्ने विश्वास गर्दै तालिम अवसरको रुपमा लिई व्यवसायिक रुपका काम गर्नको लागि आग्रह  समेत आग्रह गर्नु भयो । सो तालिमको सदुपयोग गर्दै आर्थिक उर्पाजन गरि सक्षम महिला बन्नको लागि समेत आग्रह गर्नु भयो । 
१ महिना सम्म सञ्चालित तालिमबाट थाहा नगपालिका ८ का लक्ष्मी लामा प्रथम, थाहा १ का सारिका प्रधान द्धितिय र थाहा ४ का अस्मीता परियार तृतिय भएकी छिन् । तालिममा प्रथम,द्धितिय र तृतिय हुन महिलाहरुलाई क्रमश १ हजार ५ सय , १ हजार र ५ सय प्रदान गरिएको थियो ।
तालिमको समापनमा वोल्दै उद्यमी विकास समितिका अध्यक्ष श्रेष्ठले महिलाहरु आफैमा सक्षम बन्नको लागि आगामी दिनमा पनि यस्ता तालिमहरु सञ्चालन गर्दै जाने बताउइन् ।

0 comments

Write Down Your Responses