Powered by Blogger.
कुलेखानीमा टाटासुमो दुर्घटना, एकको मृत्यु १० घाइते


मकवानपुर । मकवानपुरको कुलेखानी स्थित हेबीमा मंगलबार साझ भएको सडक दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । 

हेटौंडाबाट काठमाडौ तर्फ आउदै गरेको बा १ ज  २९५८ नम्बरको टाटा सुमो जीप सडकबाट करीब ५० मिटर तल खसी दुर्घटना भएको हो । 

एक बालक सहित ११ यात्रु सवार सो बस साँझ दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन नसकेको र अन्य घाइतेको उपचारार्थ अस्पताल पठाइएको सिस्नेरी प्रहरी चौकीका प्रहरी प्रमुख सइ देबेन्द्र राणाले जानकारी दिनु दिनुभयो । 

पछिल्लो जानकारी अनुसार मुत्यु हुनेमा  हेटौंडा निवासी अन्दाजी ३५ बर्षको उत्तरकुमार मोक्तान रहेको र घाइतेको उपचारकालागी काठमाडौ पठाइएको बताइएको छ । –पुष्कल गोले सागर

0 comments

Write Down Your Responses