Powered by Blogger.
भ्रमण टोलीसँग संघले अन्तक्र्रिया गर्यो

हेटौंडा, १५ मंसिर । मकवानपुर उद्योग वाणिज्य संघले आज रुपन्देही स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, रुपन्देहीको भ्रमण टोलीसँग अन्तक्र्रिया गरेकोछ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपालमा रहेका औद्योगक क्षेत्रहरुको समेत भ्रमण गर्ने सिलसिलामा भ्रमण टोली हेटौंडा आईपुगेको हो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुर उद्योग वाणिज्य संघले गरेका गतिविधि तथा भूमिकाको विषयमा आफ्नो धारणा राख्नुभएको थियो । अन्तक्र्रिया कार्यक्रममा संघका महासचिव महेन्द्र राउतले भ्रमणबाट आएका अनुभवहरुको संगालोबाट संघको आगामी दिनको रणनीतिका लागि उपयोगी हुने भएकोले यस तर्फ समेत ध्यान दिन आग्रह गर्नु भएको थियो । अध्ययन अवलोकन भ्रमणका नेतृत्वकर्ता सहायक क्याम्पस प्रमुख दामोदर पंगेनीले भ्रमणको उद्देश्यको बारेमा प्रष्ट पार्नु भएको थियो । अन्तक्र्रियामा सहभागि विद्यार्थी तथा प्रध्यापकहरुले उद्योग, कलकारखानाको विषयमा राखेका जिज्ञासालाई संघका अध्यक्ष न्यौपानेले जवाफ दिनुभएको थियो । २५ जना विद्यार्थीहरुको सहभागिता रहेको भ्रमण टोलीले आज हेटौंडा औद्योगिक क्षेत्रमा रहेका केही उद्योगहरुको अवलोकन गर्ने कार्यक्रम रहेकोछ ।

0 comments

Write Down Your Responses