Powered by Blogger.
संविधान संशोधन विरुद्ध हेटौँडामा युवा संघ मकवानपुरको प्रर्दशनी,संशोधन बिधेयक समेत जलाइयो

हेटौडा,१५ मंसिर / सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक विरुद्ध एमालेका भातृ संगठन युवा संघ नेपाल मकवानपुरले हेटौडामा बिरोध स्वरुप प्रर्दशन गरेका छन । संविधान संसोधन खारेज गर,भारतीय हस्तक्षेप वन्द गर जस्ता नारा लगाउँदै हेटौडाको सिमाचोकमा टायर वालेर प्रर्दशन गरेका हुन । सो क्रममा संविधान संशोधन बिधेयक समेत जलाएकोे युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले बताउनु भयो ।

सिमाचौकबाट सुरु भएको प्रर्दशन बुद्ध चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो क्षेत्रमा सवारी आवत जावत समेत प्रभावित भएको थियो ।

0 comments

Write Down Your Responses