Powered by Blogger.
भूकम्प पिडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान


रुपक कालिराज

हेटौडा, २१ कात्तिक । नवगठित गोगने स्मार्ट यूथ क्लवले भूकम्प पिडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

मकवानपुरको गोगने गाविस वडा नं १ मा रहेको क्वलले ४ जना भूकम्प पिडिति विद्यार्थीहरुलाई एक वर्ष भरि पुग्ने कापी, कलम, सिसाकलम, स्कुल व्याग, ज्यामिति बक्स लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष रुपक कालिराजले जानकारी दिनु भयो ।

यस शैक्षिक सामाग्रीले भूकम्प पिडित विद्यार्थीहरुलाई राहत पुग्ने विश्वास लिएको क्लवका अध्यक्ष कालिराजले बताउनु भयो । नवगठित क्लवको शुरुवातीको कार्यक्रम भएको बताउदै आगामी दिनमा समाजलाई हित हुने काम गर्दै जान उनको भनाई छ । 

कार्यक्रमका प्रमुख अथिति समेत रहेका समाजसेवी तथा निर्मल हेल्थ क्लिनिकका प्रोपाइटर निर्मल तिमल्सिनाले क्लवले समाज परिवर्तन प्रति देखाएको चासो र गाँउमा यूवा एक भई नयाँ कार्य गर्नु सकरात्मक भएको बताउनु भयो । 

पछिल्लो समयमा युवाहरु कुलतमा फसिरहेको अवस्थामा क्लवले छोटो अवधिका नमुना कार्य गरेको भन्दै ८ हजार नगद सहयोग गर्नु भयो । भोलिका दिनमा समेत यस क्लवलाई सहयोग गर्दै जाने समेत प्रतिवद्धता जनाउनु भयो । 

सांस्कृतिक तथा चिठ्ठा कार्यक्रमको समेत आयोजना गरिएको सो कार्यक्रममा चर्चित गायक मुक्तीनाथ उप्रेती, दिपराज केसी, दिपक कालिराज, स्थानिय तथा थाहाकला केन्द्रका कलाकारहरुले गायन तथा नृत्य, हाँस्य व्यंग्य लगायत बेजोड प्रस्तुती समेत दिएको क्लवलका उपाध्यक्ष बालकुमार कार्कीले जानकारी दिनु भयो ।

थाहा कला केन्द्रको प्रस्तुती मन पराएर प्रमुख अथिति तिमल्सिनाले ५ हजार सहयोग गर्नु भएको थियो । क्लवका अध्यक्ष रुपक कालिराजको सभाध्यक्षतामा भएको कार्यक्रममा क्लवका सचिव कृष्ण गोलेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, अविभावक, विद्यार्थी लगायतको उपस्थित रहेको थियो ।

0 comments

Write Down Your Responses