महासंघमा अब शसक्त नेतृत्व आउनुपर्छ
रामचन्द्र बल, सचिवका प्रत्यासी
नेपाल लोकतान्त्रीक आदिवाशी जनजाती महासंघ
|
नेकपा(एमाले) मकवानपुर जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज एवं नेपाल लोकतान्त्रीक तामाङ संघ केन्द्रीय सचिवालय सदस्य रामचन्द्र बलसंग पार्टीको भूगोल र जनजाति क्षेत्र दुबैतिर काम गरेको अनुभव छ ।
शनिबारदेखि राजधानीमा सुरु हुँदै गरेको नेपाल लोकतान्त्रीक आदिवाशी जनजाति महासंघको केन्द्रीय सचिव पदका शसक्त र बलिया दावेदार बल आम आदिवाशी जनजातिहरुको हक स्थापित गर्दै पार्टीलाई सिङ्गो जनजाती समुदायको एकमात्र भरपर्दो तथा विश्वासिलो पार्टी बनाउनुपर्ने बताउँछन् । प्रश्तुत छ उनै बलसंग दामन पोष्टले गरेको कुराकानीः
नेपाल आदिवाशी जनजाती महासंघको अधिवेशनबारे केही बताइदिनुस् न ?
यो संगठन पार्टीको जनसंगठनको रुपमा ११ वर्ष अघि नेकपा एमालले आम आदिवाशी जनजातीहरुको मुद्दा स्थापनाको लागि गठन गरेको हो । यस अन्तर्गत दर्जनौं जातीय घटक संघहरु रहेका छन् । महासंघको भने शनिबार हुन लागेको महाधिवेशन प्रथम महाधिवेशन हो ।
यो महाधिवेशनको श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजे वानेश्वर बैंकटमा उद्घाटन गर्नुहुनेछ । यो महाधिवेशनले महासंघको यो ११ बर्षे अवधिको गम्भीर समिक्षा गर्दै, नयाँ कार्ययोजनाका साथ संगठन हाँक्ने नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
लगातार ११ वषैदेखि एकै खाले नेतृत्व रहेकाले अब परिवर्तन गर्नुपर्छ भन्ने आवाज पनि उठेको रहेछ नी ?
अवश्य पनि यो कुरालाई हामीले अश्वाभाविक रुपमा लिनुहुन्न । मुलुकका विभिन्न आन्तरिक परिस्थिती पार्टीको विविध कारणले हाम्रो महाधिवेशन केही ढिला भएको हो । तैपनि हामी यो बीचमा आफ्ना जातीय घटक संघका कार्य तथा सांगठानिक गतिविधी व्यवस्थित गर्नेतिर लाग्यौं ।
संगठनका जिम्मेवार तहका रहेका कामरेडहरु पार्टीकै विभिन्न जिम्मेवारी तथा उच्च तहमा समेत पुगिसक्नुभएकाले अब नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरण हुनुपर्छ भन्ने कुरा उठेको हो । हामी नयाँ तथा पुराना साथीहरु समेटेर शसक्त नेतृत्व आउनुपर्छ भन्ने पक्षमा छौं ।
यो महाधिवेशनको मुख्य सन्देश के हो त ?
हामीले यस महाधिवेशनका लागि ‘सम्पूर्ण आदिवाशी जनजातिहरु एकताको मूल आधार, राज्यको सबै निकायमा पहुँच र पहिचान सहित समानुपातिक समावेशी अधिकार’ विषयक नारा समेत तय गरेका छौं । यसको अर्थ हाम्रो सामाजिक सद्भाव जुन वर्षैदेखि अविछिन्न छ, यसलाई कायम गर्दै एकताको सूत्रमा अझ गाँस्न सक्नुपर्छ, साथै राज्यका हरेक क्षेत्रमा समानुपनतिक ढंगले प्रतिनिधीत्वको मौका दिनुपर्छ भन्ने हो ।
हामीले बहुपहिचान कायम राख्दै सामाजिक सद्भाव उचो राख्न काम गर्नुपर्छ । पार्टीले पारित गरेको बहुपहिचानको नीति सर्वस्किार्य छ, त्यसैलाई अंगिकार गरेर जानुपर्छ भन्ने सन्देश यो महाधिवेशनबाट प्रवाह गर्नेछौं ।
महासंघका समूहबन्दी पनि छ भन्ने सुनिन्छ नी ?
एउटै घर, एउटै आस्था एउटै साथीभाई के को समूहबन्दी ? एकत पार्टीले अब प्यानलगत मोर्चाबन्दी निश्तेज गरिसकेको छ भने अर्कोतिर हामी आफु आफुमा जुँगाको लडाई गरेर कहिल्यै संगठन बलियो हुँदैन ।
हाम्रो भनाई त संगठन एकतावद्ध र सुदृढ पार्दै आगामी निर्वाचनामा पार्टीलाई कसरी एक नम्मर पार्ने हो त्यतातिर केन्द्रीत हुनुपर्छ भन्ने हो । त्यसैले काम गर्न सक्ने, उत्साही र प्रतिवद्ध साथीहरु सबैतिरका अटाउनुपर्छ । बहुपद कायम गरिएकाले सबैले हैसियत अनुसार जिम्मेवारी पाउनुपर्छ भन्ने हो ।
तपाँई चाँही अब यो संगठनमा कुन जिम्मेवारी लिन इच्छुक हुनुहुन्छ ?
सबैकुरा आफ्ना इच्छामा मात्र हेरेर पनि हुँदैन । समूहगत छलफल र निश्कर्षका आधारमा पनि चल्लनुपर्ने हुन्छ । मैले आफू लोकतान्त्रिक तामाङ संघको सचिवालय सदस्य भएर काम गरिसकेको हिसाबमा अब महासंघमा जाने विचार गरेको छु । त्यसमा पनि पदाधिकारीमै गएर सशक्त जिम्मेवारी लिने र केही गरेर देखाउने मेरो सोच छ ।
पदाधिकारीमा कुन पद भन्ने चाँही विभिन्न छलफलमा विभिन्न कुरा उठेका छन् । अहिले वरिष्ठ उपाध्यक्ष एक सहित उपाधयक्ष ८ जना, उपमहासचिव २ जना र सचिव ४ जना थप्ने प्रश्ताव गरिएको छ । त्यसमध्ये मलाई केही साथीले उपाध्यक्ष त केही साथीले उपमहासचिवमा तपाँइ काम गर्न सक्ने मान्छे हो, जसरी पनि अघि बढ्नुपर्छ, हामी सहयोग गछौं भन्नुभएको छ ।
तर मेरो विचार चाँही प्रथमपटक भएकाले मैले सचिव भएर एक कार्यकाल काम गर्ने हो की भन्ने सोचेको छु ।
पार्टी नेतृत्वले हस्तक्षेप गरेर भएपनि महासंघको नेतृत्वका लागि चुनाव हुन नदिने भन्ने सुनिँदैछ नी ?
संगठनभित्र एकता, सहमति र सहकार्य सँधै आवश्यक हुन्छ । अब हाम्रो पार्टीले लगत्तै ३–३ वटा चुनाव फेस गरेर जनताका बीचमा जाने गरी तयारी गर्नुपर्नेछ । त्यसका लागि साना तिना र झिना मसिना कुरामा अल्झिएर समय खेर फाल्नु हुँदैन ।
हाम्रँे सांगठानिक अभ्यास पनि त्यत्ति पुरानो भएको छैन । संगठनको इतिहासमै यो पहिलो पटकको महाधिवेशन हो । त्यसैले कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भने जसरी जिद्दी गर्नुहुन्न ,त्यो सन्देश प्रवाहका लागि पनि महासंघको नेतृत्व सर्वसम्मत हुनुपर्छ भन्ने आम प्रतिनिधीको चाहना छ ।
यस अघिको हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी ओली सरकारले ल्याएका लोकप्रिय कार्यक्रमबाट तिल्मिलाएका प्रतिपक्षी शक्तिहरुले बाह्य शक्तिको इशारामा हाम्रा विरुद्ध गठवन्धन गरेर सरकारबाट झारिदिए । त्यसैले हाम्रा विरुद्ध शत्रुहरुको बिगबिगी भएका बेलामा नेतृत्वका लागि हानथाप गरेर कसैले पनि शत्रु हँसाउने काम गर्नुहुन्न ।
त्यसैले पार्टीका शिर्ष नेताहरु, महासंघका श्रद्धेय अध्यक्ष तथा पार्टी सचिव पृथ्वी सुब्बा गुरुङ दाई, मोर्चा संगठनका प्रमुख तथा इन्चार्ज कमरेडहरु यसै विषयको गृहकार्यमा लाग्नुभएकाले पक्कै पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर आम आदिवाशी जनजातीहरुमा एकताको शन्देश प्रवाह गर्न सफल भइन्छ भन्ने कुरामा म विश्वस्त छु ।

0 comments
Write Down Your Responses