Powered by Blogger.
सिस्नेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


मकवानपुर,२६ कार्तिक / जिल्ला विकास समिति मकवानपुरको सेवाप्रदायक संस्था र सेवाग्राहीका वीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर सोम नाथ तिमल्सिनाको सभाध्यक्षता तथा निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा इपा पञ्चकन्य गाँउ विकास समिति र सिस्नेरी गाँउ विकास समितिलाई समेटि सार्वजानिक सुवाई कार्यक्रम गरेको  हो  ।
सार्वजनिक सुनुवाई कार्यक्रम जिल्ला विकास समिति मकवानपुरले सम्पादन गरेको काम तथा प्रदान गरेको सेवा बारे जनसमुदाय समक्ष प्रस्तुत गर्ने र आगामी दिनको लागि सुधार गर्नको लागि आम नागरिकसँग सुझाव लिने मुल उद्देश्यको साथ आयोजना भएको थियो ।
कार्यक्रममा २ वटा गाविसका गाविस सचिवले कार्यालयहरुबाट प्रदान हुने सेवा सुविधा तथा आगामी योजनाका विषयमा प्रस्तुती गरेका थिए ।  कार्यक्रममा भूकम्प पछिको पुर्न्निर्माणका काममा ढिलाई भएको नागरिकको गुनासो गरेका छन् भने  विकास निर्माण प्रक्रिया, लक्षित वर्गको बजेट लक्षित वर्गमा पुग्न नसकेको , नागरिकका आवास र विद्यालय पुर्न्निर्माणमा ढिलाई भएको, उपभोक्ता समिति गठन, कृषिको अनुदान, सिँचाई तथा खानेपानी योजना लगाएतका विषयमा सेवाग्राही सर्वसाधरणले प्रश्न गरेका थिए ।
 जिल्ला विकास समिति मकवानपुरको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला स्थित विषयगत कार्यालय र स्थानीय निकायका कार्यालयहरुले सेवाग्राहीका प्रश्नहरुको जवाफ दिएका थिए ।
यस्तै, भूकम्प गएको लामो सयम वितिसक्दा पनि जनताहरुको घर बनाउनको लागि सरकारी सहयोग नपाएको प्रति व्यापक जनगुनासो उठेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लावासीको हक हित र अधिकरका निमित्त आफु अहोरात्र लागि रहने बताउँनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस जिल्ला सचिव आनन्द कठायत,नेकपा एमाले जिल्ला सचिव मिना लामा,राप्रपा ३ नम्बर क्षेत्रिय सभापति शितराम वर्तौला, नेकपा जिल्ला अध्यक्ष विनोद रिजाल,नयाँ शक्ति पाटिका जिवन मान मोक्तान,नेकपा कान्तिकारी माओवादि पारस नेपाली,घरेलु तथा साना उद्योग कार्यालय प्रमुख पुस्कर भटट्राई,जिल्ला शिक्षा कार्यालय मकवानपुर प्रमुख विरेन्द्रजंग थापा,सिप विकास तथाव्यवसायि तालिम केन्द्रका प्रमुख जर्नादन पौडेल,वरिष्ट प्रत्रकार प्रत्ताव विष्ट , नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर,सिस्नेरी गाविसका सचिव उपेन्द्रनाथ पोखरेल, विभिन्न राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज, टोलविकास संस्था, विभिन्न सरकारी कार्यालयका प्रतिनिधी, सञ्चारकर्मी आदीको उपस्थितीमा सम्पन्न भएको हो । 

0 comments

Write Down Your Responses