Powered by Blogger.
निजामती संगठन मकवानपुरमा शहदेव आचार्य


हेटौडा, २७ कात्तिक । नेपाल निजामती कर्मचारी संगठन मकवानपुरको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । आधिकारीक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्ष विष्णु अर्यालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

जिविस सभाहलमा सम्पन्न भएको जिल्ला अधिवेशनले नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्षमा सहदेव आचार्यलाई चयन गरेको छ । 

आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा याविन्द्र पौडेल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा जयप्रकाश घिमिरे, कोषाध्यक्षमा केशवकुमार अधिकरी निर्वाचित भएका छन् । 

समिति सदस्यहरुमा राज शाही, केदार देवकोटा, सम्झना शाही, यमकुमार घिमिरे, ठाकुराम भण्डारी, राजेन्द्र रुपाखेती, कान्तिराज मैनाली, नेश्मा पौडेल बिडारी, शर्मिला नेपाल, जानकी ढुङ्गाना, प्रतिमा सापकोटा, जनक श्रेष्ठ तथा चन्द्रेश्वर शाह चयन भएका छन ।

कार्यक्रममा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव एकालाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । 


0 comments

Write Down Your Responses