Powered by Blogger.
हेटौंडामा बन्दको प्रभाब

वलराम पुडासैनी
हेटौंडा,२८ कार्तिक / नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आईतबार आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको हेटौंडामा पनि बन्दको प्रभाब परेको छ । महंगी मुल्यबृद्धि ,र भ्रष्टाचारको विरोध एंव खाध्य सम्प्रभुत्ता कायम राख्न मन्दै विप्लब माओवादिले आज आव्हान गरेको नेपाल बन्दलाई मधेश जनता पार्टीले पनि समर्थन गर्ने भएको छ ।
सडकमा सार्वजनिक सवारी साधनको संख्या न्यून देखिएको छ भने निजी सवारीसाधन भने निर्वाद रुपमा सञ्चालनमा रहेका छन् । चोक तथा सडकहरुमा बन्द कर्ताको तुलनामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । बन्दको बिषयमा एक पतिनिधीले भन्नुभयो बन्द अनुगमन गर्ने निकाएलााइ दबाब दिनको लागि हो ,एसबाट कुनैपनि कीसीमको अप्रिय घटना घट्नु हुन्न ,हामि जनताको स्वास्य सुरक्षामा कुनै असर पार्ने छैनौं ,उहांले सबैले साथको अपेक्षा रहेको समेत प्रश्ट पार्नुभयो ।

0 comments

Write Down Your Responses