Powered by Blogger.
बज्रबाराहीका सुबेदीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार


बज्रबाराही (टिष्टुङ), २७ कात्तिक । जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लाका विभिन्न विधामा उत्कृष्ट १९ जना कृषकलाई  पुरस्कृत गरेको छ । 

३६ औं विश्व खाद्य दिवसको अवसरमा २६ कात्तिकमा एक समारोहकाबीच कृषकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रपति उत्कृष्ट पुरस्कार तर्फ थाहा नगरपालिका बज्रवाराही चुुलीप्रानकाका किवी कृषक फणिन्द्रनाथ सुवेदी प्रथम घोषित भए । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का कृषक देवप्रसाद घिमिरे द्वितीय र हेटौंडा २४ का प्रविन नेपाल तृतीय भएका छन् । 

कृषकहरुलाई कृषि क्षेत्रमा थप हौसला प्रदान गर्नको लागि कार्यालयले विभिन्न विधामा उत्कृष्ट कृषकहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारमा प्रथम, द्वितीय र तृतीय हुनेलाई १०÷१० हजार रुपैया“ र सम्मान पत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा श्रृजनशील युवा कृषक पुरस्कारतर्फ मकवानपुर गढी ५ का प्रेमप्रसाद दाहाल, हेटौंडा ५ का सुरेश पुरी, फाखेल ३ का चन्द्रबहादुर रुम्बा र हेटौंडा उपमहानगरपालिका २८ की सुस्मा रुम्बालाई नगद २ हजार ५ सय रुपैया“ र कदर पत्रद्वारा सम्मान गरिएको छ । 



0 comments

Write Down Your Responses