Powered by Blogger.
मंसिर १ गतेबाट पालुङ जेसिजको सप्ताहव्यापी कार्यक्रम हुने

थाहानगर,२८ कार्तिक / पालुङ जेसिजले मंसिर १ गतेबाट जेसिज सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । “शासन व्यक्तिको होइन, विधिको हुनुपछ” भन्ने मुल नाराको साथ आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम १ गते देखि ४ गते सम्म हुनेछ ।
एक भेलाको आयोजना गरि पालुङ जेसिजले यस्तो निर्णय गरेको वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनु भयो । 
जेसिजका अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षतामा भएको भेलाले जेसिज सप्ताह मर्या्दित बनाउन कार्य बिभाजन पनि गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मुल कार्यक्रम संयोजक विक्रम केसि रहनु भएको छ । 
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत मंसिर १ गते हाजिरीजवाफ प्रतियोगिता, मंसिर २ गते प्राथमिक उपचार तालिम तथा भलिबल प्रतियोगिता, मंसिर ३ गते ट्राफिक जनचेतामुलक कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक विक्रम केसिले जानकारी दिनु भयो ।
 त्यस्तै एकल गायन तथा एकल नृत्य प्रतियोगिता र मंसिर ४ गते तालिम तथा समापन समारोह रहेको वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनु भयो । 

0 comments

Write Down Your Responses