Powered by Blogger.
पोखराको हङकङ बजारमा भीषण आगजनी


पोखरा, कार्तिक २५ । गएराती करिब १० वजे पोखराको हङकङ बजारमा आगजनी भएको छ । स्थानीयवासीका अनुसार विद्युत सर्ट भएकै कारण आगजनी भएको हो ।  आगजनिवाट २५ वटा सटरहरु ध्वस्त भएका छन् भने करोडौंको समान जलेर नष्ट भएको छ ।

जलेर नष्ट भएका पसलहरुमा फेन्सी कस्मेटीक, जुत्ताचप्पल, भाडा, विद्युतिय टर्चलाइड, सिडी चक्काहरु, ल्यापटप, कम्यूटर समेत जलेका छन् ।सुरक्षाको सवै निकायहरुको सहभागितामा आयो निभाइएको र सुरक्षा निकायको उपस्थिति अत्यन्तै राम्रो रहेको बताइएको छ ।  सुरक्षकर्मी बेलैमा उद्धारमा खटिएपनि दमकल भने समयमा नआएका कारण बढि क्षति बताइएको छ ।

आगजनी भएको स्थलमा जिल्ला प्रहरी कार्यालय कास्कीले क्षतिवारे विवरण लिएको छ भने क्षति विवरण अझै आउन वांकि रहेको कास्की प्रहरीले जनाएको छ ।कतिपय व्यवसायी दिपावली छठका कारण घर गएको हुँदा पुरै विवरण आउन बाँकी रहेको बजार व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुनारले जनाए । 

वडा प्रहरी कार्यालयका बैदामका प्रमुख प्ररी निरीक्षक मोहनमणी अधिकारीका अनुसार सुरक्षा निकायको बाक्लो उपस्थिति र स्थानियवासीहरुको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगाउन सफल भएको हो । उनले आफ्नै आँखा अगाडि करोडौंको क्षति भएकोमा आफू अत्यन्तै दुखि रहेको बताए । आगोलाई करिब ४, ५ घण्टाको अवधिमा नियन्त्रणमा लिइएको थियो । 

बजारमा भएको आगजनीका कारण आफू अत्यन्तै दुखि भएको वजार संचालक मिलन तिवारीले जनाए । उनले छिट्टै नै यसवारे छलफल गर्ने तयारीमा गरेको बताए  ।\

यता बजारको विद्युत व्यवस्थापन नभएकै कारण यस्तो हुन गएको एक व्यवसायी वताउंछन् । यसो त वजारमा आगजनि भएकोबारे जानकारी लिन पूर्व अर्थमन्त्री रामशरण महत समेतको पुगेका थिए । 



0 comments

Write Down Your Responses