Powered by Blogger.
हिमचुलीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

जनक लामा 
पालुङ,२७ कार्तिक / उत्तरी मकवानपुरमा रहेको हिमचुली सामुदायिक बन उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । थाहा नगरपालिका ५ को चुच्चे ढुङ्गा युवा समूहको हलमा भएको सभामा पालुङ ईलाका बन कार्यलयका प्रमुख कालु पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । 
सभाका प्रमुख अतिथि तथा पालुङ इलाका बन कार्यालयका प्रमुख पाख्रिनले सबै उपभोक्तालाई समितिको नियम अनुसार चल्नमा आग्रह गर्नु भएको छ । अहिले विभिन्न किसिमको चोरी निकासी हुने गरेकोले यस विषयमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । 
समितिका अध्यक्ष धर्म बहादुर तामाङको सभाध्यक्षतामा भएको सभामा टंक बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सभामा समितिका सचिव श्याम तामाङले समितिले आर्थिक वर्ष ०७२÷०७३ मा गरेका प्रतिवेदन सहित आय व्यवको प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमलाई समापन गर्दै समितिका अध्यक्ष तामाङले विगतको दिनमा वनजङगलको सदुपयोग मात्रै भएको तर संरक्षण तर्फ भने धयन नदिएको बताउदै अब सबैले संरक्षण तर्फ ध्यान दिनु पर्नेमा जोड दिनु भयो । 
समितिका सचिब श्याम तामाङले सञ्चालन गर्नु भएको सभामा नेपाली काँग्रेस थाहा नगर प्रतिनिधि चन्द्र तामाङ, नेकपा एमालेका प्रतिनिधि विर बहादुर तामाङ, राप्रपा नेपालका क्षेत्रिय प्रतिनिधि कुलमान तामाङ, थाहा ५ का वडा नागरिक मञ्चका हिरा बस्नेत, निवर्तमान अध्यक्ष शंकर तामाङ, लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses