Powered by Blogger.
जिल्ला बचत तथा ऋणको १० औं साधारणसभा सम्पन्न


हेटौडा, २७ कात्तिक । जिल्ला वचत तथा ऋण सहकारी संस्था मकवानपुरको १० औँ साधारण सभा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष राधा सिन्तानको सभाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष तथा  राष्ट्रिय सहकारी संघका सञ्चालक बद्रि प्रसाद लम्सालको प्रमुख आथित्यतामा भएको हो ।प्रमुख अथिति समेत रहेका लम्सालले प्रतिस्पर्धाले गर्दा सहकारी अभियान डरलाग्दो र विकृतिको अवस्थामा पुगेको बताउनु भयो । 

शेयर सदस्य बढाउनको लागि सहकारीले विभिन्न लोभ देखाउने काम गरिरहेले यस्ता प्रवृती अन्त्य गर्नु पर्ने बताउदै सहकारीले आर्थिक समृद्धिको बाटोमा लम्कनु आजको आवश्यकता रहेको बताउनु भयो । विशिष्ट अथिति रहनु भएका केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका  अध्यक्ष नारायण प्रसाद देवकोटले संस्थाले सहकारीको माध्यमबाट आर्थिक पक्षलाई बलियो बनाउदै गएको बताउनु भयो । 

सो साधारण सभामा सहकारी अभियानकर्मी कुमारी श्रेष्ठ, धनराम महर्जन, उत्कृष्ट सहकारी कर्मचारीहरु उमा रुम्बा, प्रल्हाद आचार्य, उत्कृष्ट महिला सहकारी महिला जागृति साकोस भिमफेदी, हेटौडा ५ मा रहेको उत्कृष्ट मिश्रित सहकारी संजिवनी साकोस, उत्कृष्ट वचतकर्ता हेटौडा १३ पदमपोखरीमा रहेको महिला सेवा साकोस, उत्कृष्ट शेयर खरिद कर्ता महिला एकता साकोस भैँसे र उत्कृष्ट ऋण परिचालन मनहरी ३ मा रहेको मनहरी साकोस लाई सम्मान समेत गरेको थियो ।
यस्तै साधारण सभाले राधा सिन्तानको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष मञ्जु थिङ, सचिव कल्पना श्रेष्ठ, सह सचिव मिना चौरेल, कोषध्यक्ष विजय बहादुर बस्नेत चयन भएका हुन् । समितिको सदस्यहरुमा पार्वती राना, विष्णु लामा, वेदप्रसाद न्यौपाने, विमला गोपाली, राम केदार वस्नेत लगायत रहेका छन ।  

समितिको लेखा समिति संयोजकमा पूर्ण बहादुर खनाल, सदस्यहरु विष्णु प्रसाद अधिकारी, उमा लामा लगायत रहेका छन ।





0 comments

Write Down Your Responses