Powered by Blogger.
शक्तिकेन्द्र संविधान कार्यान्वयनको बाधकः बिष्ट


ललितपुर, २७ कात्तिक । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले जनताले बनाएको संविधान कार्यान्वयन हुन नदिनका लागि शक्तिकेन्द्र क्रियाशिल रहेको बताएका छन् । 

नेकपा (एमाले) ललितपुर क्षेत्र नं २ ले आयोजना गरेका डायरी विमोचन कार्यक्रममा बोल्दै सचिव विष्टले संवैधानिक संकट निवारण हुन नदिन घुमाएर अंगिकृत नागरिकता, प्रदेश विभाजनको विषय ल्याइएको बताए । राज्यका महत्वपूर्ण पदमा अंगिकृत नागरिकता लिएका १० वर्षपश्चात नियुक्त हुन पाउने विषय वास्तबिक नेपालीहरुको हक खोस्ने तथा झापा, मोरङ्ग, सुनसरी, बाँके बर्दियालाई विवादमा तानेर कुनै पनि रुपले तराइलाई पहाडसँग जोडिन नदिने प्रपञ्च भइरहेको आरोप लगाए । 

राष्ट्रिय सभामा भौगोलिक प्रतिनिधित्व घटाएर जनसंख्याको प्रतिनिधित्व गराएर कालान्तरमा एक क्षेत्रको मात्र प्रभाव पार्न खोजेकोले यसले सम्पूर्ण राज्यमा असन्तुलन पार्ने उनको भनाई थियो । 

नेपालको संविधान हालको शक्तिसन्तुलन, विभिन्न आन्दोलनका भाव, भूराजनीतिक प्रभाव, जनताको चेतनाका आधारमा आएकोले आवश्यकता आधारमा शंसोधन गर्न सकिने तर शंशोधनको आवश्यकता पुष्टि गर्न नसकेकोले शक्तिकेन्द्रको प्रभावमा घुमाएर शंसोधन गर्न खोजिएको उनको भनाई थियो । 

एमालले शुरु गर्न लागेको ४ महिने अभियानले जनतालाई पूर्ण सुसुचित गर्दै आगामी तिनवटै निर्वाचनमा एमालेको जितको झण्डा गाडिने विष्टको भनाई थियो ।

नेकपा एमाले ललिलपुर क्षेत्र नं २ का अध्यक्ष मधुकर थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय सदस्य प्रेमलकुमार खनाल, पूर्व सांसद कृष्णलाल महर्जन, ललितपुर जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण ब्यवञ्जनकार लगायतको उपस्थिति रहेको थियो । 

0 comments

Write Down Your Responses