Powered by Blogger.
फाखेललाई बाल मैत्री घोषणा गर्ने तयारी


फाखेल, कात्तिक २७ । मकवानपुरको उत्तरी भेगमा पर्ने फाखेल गाउँ बिकास समितिमा रहेका स्थानिय संघ सस्था लगायत सरोकारवालाहरुले अबका दिनमा बाल बिबाह लाई न्यूनीकरणका लागि आ आफ्नो स्थानबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न् । 

महिला तथा बालबालिका कार्यालय हेटौंडाको सहयोग अनि गाउँ बाल संरक्षण समिति र सकृय महिला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आयोजना गरेको बालबिबाह न्यूनीकरणमा सरोकारवालाहरुको भुमिका बिषयक एक दिने अन्तर्कृयाका सहभागीहरुले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । 

बालमैत्री गाउँ बिकास समितिको रुपमा घोषणा उन्मुख यो गा.बि.स.मा बाल बिबाह नै मुख्य चुनौतीका रूपमा रहेको गाउँ बाल संरक्षण समितिका अध्यक्ष जीवन लामाले बताउनु भयो । अबका दिनमा बाल बिबाह गर्ने र गराउने घर परिबारलाइ समाजिक बहिष्कार गर्ने बिबाह कार्यक्रमलाई बहिस्कार गर्ने भनी सहभागी सबैले सामुहिक प्रतिबद्धता जनाएका हुन् । 

बाल बिबाह रोक्नका लागि सचेतता अपनाउन विविध कार्यक्रम सञ्चालन गर्नुका साथै हरेक गतिविधिमा प्रहरीको सहयोग लिइने जानकारी बताइएको छ  । 

अन्यत्र गाउँ बिकास समितिको तुलनामा फाखेलमा बाल बिबाह उच्च रहेको विभिन्न सर्भेक्षणले देखाएको छ । यसै आर्थिक बर्षमा यो गा.बि.स.लाई बाल मैत्री घोषणा गर्ने गरि काम भैरहेको आयोजकले बताएको छ ।–पुष्कल गोले

0 comments

Write Down Your Responses