Powered by Blogger.
प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार न्यौपाने र बोहरालाई


काठमाडौं । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । 

पाँच लाख रुपैयाँ राशी रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा  प्रदान गरिनेछ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एबं काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनौट समितिले आजै सर्वसम्मतिले सो निर्णय गरेको हो । 

उक्त पुरस्कार बिशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिनेछ ।

0 comments

Write Down Your Responses