Powered by Blogger.
वरिष्ठ नेता पौडेलले गरे काँग्रेस मकवानपुरको वेभसाइट उद्घाटन


हेटौँडा, २ मंसिर । नेपाली काँग्रेस मकवानपुरको बेवसाइड तथा संचार केन्द्रको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बिहिबार उद्घाटन गर्नुभएको छ ।

कार्यकता भेटघाटको क्रममा पार्टी कार्यालय मकवानपुर आउनुभएका पौडेलले पार्टीको वेभसाइट खोलेर उद्घाटन गर्नुभएको होे । उद्घाटनको क्रममा पौडेलले मकवानपुर काँग्रेस पार्टीले सूचनाको पहुँच हरेक कार्यकर्ता माझ पु¥याउन यो पहल गरेकोमा खुशी प्रकट गर्नुभएको छ ।

पार्टीको सम्पूर्ण गतिविधीहरु र जिल्लाका सम्पूर्ण क्रियाशिल कार्यकर्ताहरुको नाम वेबसाइट, फेसबुक, लाइकपेज, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हालेर सबै नेता÷कार्यकर्ताहरुलाई जानकारी दिनसमेत बरिष्ठ नेता पौडेलले अनुरोध गर्नुभएको छ । यता नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट पक्षका मागबारे लचिलो भएर अघि बढ्न नेकपा (एमाले)लाई आग्रह गर्नुभएको छ । 

नेपाली काँग्रेस मकवानपुरले बिहिबार हेटौडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले संविधान कार्यान्वयनका लागि पनि असन्तुष्ट पक्षमा माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । संविधान जारी गर्ने प्रमूख तीन दलले कार्यान्वयनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिंदै उहाँले समस्या समाधानका लागि एमाले लचक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।


नयाँ संविधानले दिएका संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता विषयलाई संस्थागत गर्नुपर्ने अवस्थामा राजनैतिक दलले आप्mनो अडान मात्रै राखेर बस्न नहुनेमा उहाँको जोड थियो । ‘प्राप्त उपलव्धीलाई संस्थागत गर्ने बेलामा आँठो÷किलो मात्रै समाएर हुन्छ, सबै लचक हुनुप¥यो,’ –उहाँले भन्नुभयो । 

बरिष्ठ नेता पौडेलले संविधानले तोकेको समयमा ३ तहको निर्वाचन गर्नुपर्ने भएकाले यसका लागि असन्तुष्ट पक्ष र संविधान जारी गर्ने दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । मधेश, लोकतन्त्र र काँग्रेस एक अर्काका पुरक भएकाले मधेशका असन्तुष्टीलाई काँग्रेसले गम्भिरतापूर्वक समाधानमा लागेको बताउनुभयो । मधेशमा संविधानका बारेमा रहेका गलत धारणाको अन्त्यका लागि आफु मधेश दौडाहामा निस्किएको नेता पौडेलको भनाई थियो ।

कार्यक्रममा पूर्व केन्द्रीय सदस्य शोभाकर पराजुलीले बुद्धपछि नेपालमा बीपी कोइरालालाई सम्झने गरेको भन्दै उनको सिद्धान्तमा अघि बढ्न कार्याकर्तालाई सुझाव दिनुभयो । 

नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र पौडेल, जिल्ला सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल वि.क., पूर्व केन्द्रीय सदस्य सोभाकर पराजुली,  चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठ, चितवन जिल्ला सांसद रामकृष्ण घिमिरे लगायत मकवानपुरका विभिन्न क्षेत्रका नेता कार्यकर्ता, भातृ एवं शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



0 comments

Write Down Your Responses