Powered by Blogger.
पालुङ जेसिजले गर्यो प्राथमिक उपचार तालिम


थाहानगर, २ मंसिर । पालुङ जेसिजले जेसिज वर्ष २०१६ को जेसिज सप्ताह अन्तर्गत दोस्रो दिन प्राथमिक उपचार सम्वन्धी तालिम सम्पन्न गरेको छ । 

पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष शिबकुमार खत्रीको सभाध्यक्षमा भएको तालिममा उत्तरी भेगका ४८ जना विद्यार्थी शिक्षक लगायतको सहभागिता रहेको थियो । तालिममा चोट पटक लाग्दा वा कोही घाइते  हुँदा अस्पतालसम्म पु¥याउनु अघि पहिलो  उपचार  गर्नको  लागि अपनाउनु पर्ने विधिको बारेमा प्रशिक्षण गराइएको कार्यक्रम संयोजक विजय मल्लले जानकारी दिनु भयो ।

तालिम पश्चात सहभागि १२ विद्यालयलाई प्राथामकि उपचारमा आवश्यक पर्ने सम्पूर्ण सामाग्री वितरण गरिएको थियो । सो तालिमको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख तथा मेडिकल अधिकृत रिनेश अधिकारीको सहजीकरण गर्नु भएको थियो ।

यस्तै जेसिसले कार्यालय प्रमुख र जेसिजबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता समेत आयोजना गरेको थियो । प्रतियोगितामा कार्यालय प्रमुखले जेसिज समुहलाई  २५ः१९,२५ः२१,१९ः२५,२६ः२४,१५ः११ को सेटमा पछि पार्दै विजय भएको हो ।

विजय भएका कार्यालय प्रमुख टिमलाई मेडल प्रमाण प्रत्र समापन कार्याक्रममा प्रदान गरिने वर्ष २०१५ का महासचिव विजयश्याम अमात्यले जानकारी दिनु भयो । 

मंसिर ३ गते ट्राफिक जनचेतना कार्यक्रम, एकल गायन र नृत्य प्रतियोगिता आयोजना हुने  सञ्चार संयोजक रुपक कालिराजले जानकारी दिनु भयो ।




0 comments

Write Down Your Responses