Powered by Blogger.
दामनका कृषकलाई ३ दिने अभिमुखीकरण


पालुङ, २ मंसिर । थाहा नगरपालिकाको दामन कृषि सेवा केन्द्रमा ३ दिने अभिमुखीकरण तालिम सुरु भएको छ ।भूकम्प पछिको कृषिलाई पुनःस्थापना गर्नको लागि एकिकृत जिव आईपियम तथा गोठे मल सुधार सम्बन्धि तालिम सुरु गरिएको हो । 

जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत तथा कार्यलय प्रमुख निर्मल गदालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । 

तालिम सीसिडियनको आयोजना र आइसीसीओ कोअपरेसनको सहआयोजनामा भएको हो । तालिममा थाहा नगर पालिका भित्रका २१ जनाको सहभागिता रहेको छ भने तालिम पश्चात सहभागीहरुले विषादी रहित उत्पादन गर्ने जनाईएको छ । 

भविष्यमा पनि यहि कार्ययोजना अनुसार अघी बढ्नमा सहयोग पुग्न सकिने भन्दै तालिमको आयोजना गरिएको सामुदायिक विकास केन्द्र नेपाल सीसिडियनका जिल्ला कार्यक्रम संयोजक जगत बझगाईँले बताउनु भयो । 

तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत तथा कार्यलय प्रमुख निर्मल गदालले गर्नु हुने जनाईएको छ । तालिमको उद्घाटन सत्रमा दामन कृषि सेवा केन्द्रका प्रमुख मधुसुदन आचार्य सहित सीसिडियनका प्राविधिकहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses