Powered by Blogger.
हेटौंडा सिमेन्ट उद्योगमा रघुरमण


हेटौंडा, ३ मंसिर । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा रघुरमण न्यौपाने नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयबाट न्यौपाने शुक्रबार अध्यक्ष नियुक्त भएका हुन् । न्यौपाने नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापति हुन् । 

मन्त्रीपरिषदको निर्णयबाट उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योगको अध्यक्षमा न्यौपानेलाई नियुक्त गरेका छन् । उनको कार्यकाल तीन बर्षको छ । नियुक्ति पत्र बुझिसकेपछि प्रतिक्रिया दिंदै न्यौपानेले आफ्नो कार्यकालमा उद्योगलाई गतिशिलताका साथ अघि बढाउन वृहत योजनाका साथ काम गर्ने बताए ।


न्यौपानेलाई अध्यक्ष बनाउन नेपाली कांग्रेस जिल्ला समितिले समेत सिफारिस गरेको थियो । यसअघि एमाले कोटाबाट अध्यक्ष रहेका श्रीधर पोखरेलको कार्यकाल पाँच महिना अघि समाप्त भएको थियो ।

0 comments

Write Down Your Responses