Powered by Blogger.
मंगलबारबाट थाहामा क्षेत्रव्यापी फुटबल प्रतियोगिता


पालुङ, ४ मंसिर । थाहानगर पालिका स्थित इन्द्रायणी चउर खेल मैदानमा क्षेत्रव्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।  

यहि मंसीर ७ गते मंगलबारबाट शुरु हुने मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । थाहा नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । 

फुटबल टिममा उत्तरी मकवानपुर भन्दा बाहेकका अन्यत्रका खेलाडी समावेश गर्न नपाइने बताइएको छ । दर्जन बढि टिमको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । नक आउटको आधारमा खेलाईने प्रतियोगिता समापन मंसीर ११ गते हुने आयोजक तथा खेलकुद विकास समितिले जानकारी दिएको छ ।

 प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । 

प्रतियोगिताको तयारीका लागि इन्द्रायणी चौर खेल मैदान व्यवस्थित बनाउने र सम्याउने कार्य समेत सम्पन्न भएको छ । 

तस्बिरः फाइल फोटो

0 comments

Write Down Your Responses