Powered by Blogger.
थाहामा जेसिज सप्ताह समापन, विभिन्न व्यत्तित्व सम्मानित


रुपक कालिराज

थाहानगर, ४ मंसिर । सिपमुलक तालिम आजको आवश्यकता रहेको एक कार्यक्रमका सहभागीहरुले औँल्याएका छन् ।  पालुङ जेसिजद्धारा आयोजित ‘शासनः व्याक्तिको होइन विधिको हुनु पर्छ’ भन्ने मुल नाराको साथ सम्पन्न सप्ताहब्यापी कार्यक्रम जेसीज सप्ताह २०१६ समापन समारोहमा बक्ताहरुले सो कुरा उल्लेख गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका कार्याकारी अधिकृत भिम परियारले पछिल्लो समय युवाहरु कुलत तथा दुव्र्यसनतर्फ लागिरहेको बताउँदै त्यस कार्यलाई न्यूनिकरण गर्नको लागि पालुङ जेसिजले अभियान थाल्नु पर्नेमा जोड दिनु भयो । 

उहाँले ‘जेसीजको आस्थामा रहेको शासन ब्यक्ती होइन, बिधीको हुनुपर्छ’ भन्ने कथन सबै युवावर्ग तथा आम नेपालीको भावना हो, त्यसैले यो चाहाना अनुरुप सबैले मनन गर्नु पर्नेमा जोड दिँदै  अबका दिनमा युवाका लागि सिपमुलक तालिम आजको आवश्यकता रहेकोले सीपमुलक तालिम प्रदान गर्नको लागि आग्रह समेत गर्नु भयो । 
युवालाई समेट्ने खालका विभिन्न कार्यक्रम गर्दै समापन गर्नु सकारात्मक रहेको उहाँको भनाई थियो । 

संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालले विगतका जस्तो हालका दिनहरुमा जेसिज सञ्चालन गर्नको लागि असहज नभएको बताउदै सबै युवाहरु भनेको देशको खम्वा भएको बताउदै यस संस्थामा युवाहरुलाई समेट्नु पर्नेमा जोड दिनु भएको थियो । 

कार्यक्रमका उद्योग वाणिज्य संघका सभापति कविराज खत्री, एमाले थाहा नगरका अध्यक्ष अच्यूतमप्रसाद ढकाल, राप्ररा नेपाल थाहानगर अध्यक्ष हरेराम कार्की, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, पालुङ बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ईश्वरनाथ ढकाल लगायतले जेसिजले समय सान्दर्भिक कार्यक्रम राखेर हप्ताभरी कार्यक्रम गरेकोमा सह्रानीय भएको भन्दै आगामी दिनमा १८ देखि ४० बर्षका युुवाको संस्था जेसीजमा युवाहरुको आकर्षण बढाउनको लागि नेतृत्वसँग सम्बन्धीत तालिम तथा कार्यक्रम गरीरहन आग्रह गरेका थिए । 

जेसीजमा युवाहरुको संख्यासँगै गुणस्तर पनि बढाउनु पर्नेमा उनीहरुको जोड थियो । पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष जेसि शिबकुमार खत्रीको सभाध्यक्ष, वर्ष २०१५ का महासचिव विजयश्याम अमात्यले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न विधामा विजयी भएकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरीएको सञ्चार संयोजक रुपक कालिराजले जानकारी दिनु भयो । 

साथै कार्यक्रममा लोक गीत संगीत क्षेत्रमा योगदान पु¥याएको भन्दै सञ्चारकर्मी तथा लोक गायक मुक्तिनाथ उप्रेती, दोस्रो थाहा आईडल तर्फ एकल गायनमा प्रथम हुन सफल देमन्त गोपाली , एकल नृत्यमा प्रथम भएका एलिना रानामगर र गायक राजु लामालाई मायाको चिनो सहित दोसल्ला ओढाइ सम्मान गरीएको थियो ।




0 comments

Write Down Your Responses