Powered by Blogger.
भिमफेदीमा कार दुर्घटना, कमल थापा उद्धारमा, दुईको घटनास्थलमै मृत्यु


हेटौँडा, ४ मङ्सिर । काठमाडौँबाट हेटौँडातर्फ आइरहेको बा ३ च ९२८९ नं को कार भीमफेदी–कुलेखानी सडकखण्डको चुरीखेतमा दुर्घटना हुँदा उक्त कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य तीन जनालाई उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण कार दुर्घटनामा परेको बताइएको छ । कार सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा काठमाडौ ज्याठा बस्ने बर्ष ४० की अनुजा श्रेष्ठ र उनका दाजु ५० वर्षीय सरोज बैद्यको मृत्यु भएको हो । दुर्घटनामा घाईते १० वर्षीया बालिका आरजा श्रेष्ठ र उनका बुवा ४८ वर्षीय दिपक श्रेष्ठ, चालक चालक नुवाकोट दुई पीपलटार बस्ने दिपक भुजेलको हेटौंडाको चुरेहील अस्पतालमा उपचार भईरहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो । तीब्र गतीमा रहेको कार मोडमा मोड्नेक्रममा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कारमा सवार पाँच जनामध्ये काठमाडौँका ५० वर्षीय सरद वैद्य र ४० वर्षीया अनुजा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इप्रका भीमफेदीले जनाएको छ । मृतकहरु दाजु बहिनी रहेको बताइएको छ । 

दुर्घटनामा परी घाइते भएका पिपलसार–२ नुवाकोटका कार चालक ३७ वर्षीय दीपक भुजेल, काठमाडौँ ज्याठा–३० का ४८ वर्षीय दीपक श्रेष्ठ र उनका १० वर्षीया छोरी आरजलाई उपचारका लागि चुरेहिल अस्पताल हेटौँडा लगिएको प्रहरीले जनाएको छ । 

गृहजिल्ला मकवानपुरको कार्यक्रम सकेर सोही बाटो भएर काठमाडौं आइरहेका राप्रपा नेपालका उध्यक्ष तथा संसदीय दलका नेता कमल थापाले आफ्नो कार रोक्न लगाएर घटनास्थलमा पुगी उद्धारको कार्य गरेका थिए । उनको यो कार्य सबैतिरबाट प्रशंशीत भएको छ । 



0 comments

Write Down Your Responses