Powered by Blogger.
आग्रा थाहामा नगाभ्न पनि आन्दोलन, पूर्वमन्त्री र सांसदलाई कालोझण्डा देखाएर गरे अबरोध


सुुरज थिङ

आग्रा, ४ मंसिर । राज्य पुर्नसंरचना गर्दा मकवानपुरको आग्रा गाउँ विकास समितिलाई छिमेकी थाहा नगरपालिकामा गाभ्न प्रस्ताव गरेको विरोधमा आग्राको डाँडाबासमा आज शनिवार नाराजुलुस गरेका छन् । 

आज मकवानपुरको आग्रामा बर्थिङ सेन्टर उद्घाटन गर्न गएका सांसद तथा सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधिहरुलाई आग्रा,गोगने डाडार्खकका संघर्ष समितिले अवरोध गरेका हुन् । 

मोरियामा प्लान इन्टरनेशनलको सहयोगमा निर्माण भएको बर्थिङ सेन्टरको एक भव्य कार्यक्रमको आयोजना गरि उद्घाटन गर्न लागिएको कार्यक्रममा त्यस तर्फ प्रस्थान गरेका सांसदहरुलाई आग्रा ५ डाडावासमा संघर्ष समितिले ‘आग्रा गोगने र डाडाखर्क गाविस एक गाँउ पालिका घोषण गर ,संकलित सुझाव कार्यान्वय गर, संयूक्त संर्घस समिति जिन्दवाद’ लगायतका नारा लगाउदै बाटोे अवरोध गरेका थिए ।  

कालिटार टाढा भएको भन्दै सो ¥यारीमा कालो झण्डा समेत देखाएको थियो  । सोहि वखत सांसद राजराम स्याङतान, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व जलस्रोत राज्य मन्त्री महालक्ष्मी उपाध्याय (डिना) सँग छलफल समेत भएको थियो । 

छलफल पश्चात वैकुण्ठ गाँउ पालिकाको कार्यालय डाडावास आग्रा ५ राख्ने सहमति समेत भएको  छ  भने शाखा कार्यालय डाडाखर्क र गोगनेमा समेत हुने सहसति भएको  जनाएको छ ।

0 comments

Write Down Your Responses