Powered by Blogger.
नेपाल भारत मैत्री संघ मकवानपुर शाखाको पदविभाजन


हेटौडा,४ मंसिर ।  नेपाल  भारत मैत्री संघ जिल्ला शाखा मकवानपुरको दोस्रो विस्तारीत बैठक सम्पन्न भएको छ । 
प्रविण मैनालीको अध्यक्षता र निर्वतमान अध्यक्ष ईश्वर मैनालीको आतिथ्यतामा सम्पन्न उक्त वैठकले जिल्ला शाखाको पद विभाजन लगायत महत्वपूर्ण विषयहरुमा निर्णय गरेको छ ।

बैठकले उपाध्यक्षमा राजकुमार जोशी ,सचिवमा सुदिप गिरी, कोषध्यक्षमा विष्णु कुमार श्रेष्ठ र सल्लाहकारमा मोमदोङ लामा, शुसान्त श्रेष्ठ, अनिल पाण्डे, िवष्णुहरि पण्डित, हिमाल पौडेल र खिलप्रसाद बराल (निमेष निखिल)लाई मनोनित गरेको छ । 

यस अघि नै सम्पन्न तेस्रो मैत्रीसभाबाट अध्यक्षमा प्रविण मैनाली र सदस्यीयहरुमा राममान श्रेष्ठ, विनोद थापा, प्रकाश खतिवडा, राजेश अग्रवाल, रजनी श्रीवास्ताव, गंगा प्रसाद पौडेल, सरोज अधिकारी र प्रविण वर्तौला सदस्यमा निवार्चित भइसक्नु भएको थियो ।

0 comments

Write Down Your Responses