Powered by Blogger.
हेटौंडमा ५ नम्बर वडाको एकता भेला


मकवानपुर, ४ मंसिर । नेकपा माओवादी केन्द्र मकवानपुर अन्तर्गत ५ नम्मर वडाको एकता भेला सम्पन्न भएको छ । 

वडा अध्यक्ष देवी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कुमारी मोक्तान प्रमुख अतिथि रहनुभएको थियो । 

कार्यक्रममा ५ नं वडाका इन्चार्ज डां सम्राट तुम्बाहाङ्फेले वडाको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जिल्ला संयोजक प्रेम बहादुर पुलामी, पार्टीका केन्द्रीय सल्लाहकार कौशल, जिल्ला सचिवालय सदस्यहरु कमान सिं पाख्रिन, प्रकाश पाण्डे, विवेक राई, ललित घलान, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमैया विष्ट लगायतका अतिथि रहनुभएको थियो ।

0 comments

Write Down Your Responses