Powered by Blogger.
डा.केसीको आन्दोलनमा डेटांैडेली युवाको समर्थन


बलराम पुडासैनी  

हेटांैडा, ४ मंसिर ।  अस्पताल सुधारको सम्बन्धमा  अनसनरत  डाक्टर गोविन्द  केसीको मागमा हेटांैडाका युवाहरुले सर्मथन जनाएका छन् । 

शनिवार हेटौंडाको बुद्धचोकमा उत्रिएका युवाहरुले राज्यकोषको दुरुपयोग भइरहेको भन्दै आफुहरु समर्थनमा लागेको बताएका छन् । स्वास्थ्यमा हुने माफिया तन्त्र बन्द गर ,उपचारको नाममा राज्य कोषको दुरुपयोग बन्द गर ,नेताको उपचार सरकारले तर जनताको उपचार कसले ? भन्ने नारा लेखिएका पम्प्लेट सहित युवाहरु बुद्धचोकमा समर्थनका लागी जुटेका थिए ।

डाक्टर केसिको यो १० औं अनसन हो, र आज ७ औं दिन भैसक्दापनि राज्यले कुनै कदम नचालेको प्रति  सबै मिली राज्यलाई दबाव सिर्जना गराउंन आफुहरु जुटेको सर्मथक मध्यका एक प्रतिनिधि गिरिजा अधिकारीले बताउंनुभयो । 

उहांले आइतबार पनि ४ बजे पुन समर्थनमा जुट्ने र यो कुनै पार्टिको कार्यक्रम नभएकोले ढुक्क भएर सबै डाक्टर,शिक्षक ,पत्रकार ,सरकारी कर्मचारी साथै सम्पुर्ण सर्बसाधारण लाई केसीको समर्थनमा उपस्थितिको लागि आग्रह समेत गर्नुभयो । 



0 comments

Write Down Your Responses