Powered by Blogger.
मकवानपुरमा नयाँ शक्ति बिद्यार्थी युनियनले थाल्यो विरोध अभियान


हेटौंडा, ५ मंसिर । नयाँ शक्ति बिद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस आधार समितीले विरोध सभा गरेको छ । आइतबार आयोजित सभामा उच्च ओहदाको व्यत्तित्वहरुलाई राज्यको ढुकुटी दोहन गरी उपचार खर्च वेहोरिएकोमा विरोध गरिएको थियो ।
  
आयोजित बिरोध सभा लाई सम्बोधन गर्दै नेतालाई सरकारी खर्चमा  औषधि उपचार गरिएको, राजनितिक भागबन्डामा गरिएको नियुक्ती गरिएको विषयलाई तिव्र आलोचना गरिएको थियो । 

डाक्टर गोबिन्द केसीले राख्नु भएको माग र अभियान को समर्थन गर्दै विद्यार्थीहरुले अबको बिद्यार्थी आन्दोलन सामाजिक आन्दोलनको रुप मा अघि बढाउने उद्घोष गरेका थियो । 

नयाँ शक्ति बिद्यार्थी युनियनको देशब्यापी बिरोध अभियान को क्रममा कलेजको बिरोध सभा कार्यक्रम नयाँ शक्ति बिद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस  संयोजक झलक छल्कुली र जिल्लाका प्रभाबशाली नेता अमृत बर्तौला को उपस्थिती रहेको थियो । 




0 comments

Write Down Your Responses