Powered by Blogger.
निर्माण हुन लागेको मिनि स्टेडियमको सर्वेको लागि एक टोली छतिवनमा

मकवानपुर,६ मंसिर / छतिवनको जुरेलीमा निर्माण हुन लागेको मिनि स्टेडियमको सर्वेको लागि एक टोली छतिवन पुगेको छ । राज आचार्य नेतृत्वमा २ इन्जीनियर सहितको टोली आईतवार  छतिवन पुगेको सांसद गणेश थापाले वताउनु भयो । 
राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधान,तथा स्थानीय विकास मन्त्री हुदा मैदान उद्घाटन गर्नु भएको थियो ।“२ इन्जिनियर सहितको टोली राखेपले पठाएको छ” सांसद थापाले भन्नु भयो । “ ५ देखि ७ हजार क्षमताको प्याराफिट वनाउनु सकेमा यस क्षत्रको विकासले ठुलो फड्को मार्ने छ”।
वातावरणीय दृष्टिकोणले पनि उपयुक्त भएकाले अन्तराट्रिय प्रतियोगिता गर्न उपयुक्त हुने उहाको भनाई छ। थापाले समुन्नत मकवानपुरको लागि यो रंगशाला महत्वपुर्ण रहेको र आफ्नो पहल निरन्तर रहने पनि बताउनु भएको छ । पहिलो पटक मैदान निर्माणको लागी मर्सिक्रप्सले सस्था पहिलो किस्थामा ९ लाख रुपैँया तथा दोश्रोमा २१ लाख तथा सभासद गणेश थापाले ५ लाख सहयोग गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses