Powered by Blogger.
मकवानपुर गढीमा एमाले अभियान औपचारिक रुपमै सुरु


हेटौंडा, १६ मंसिर । नेकपा एमाले केन्द्रीय कमिटीद्वारा घोषित तथा जिल्ला कमिटी मकवानपुरले सञ्चालन गरेको ४ महिने जनपरिचालन अभियानको क्रममा प्रस्तावित मकवानपुर गढी गाउँपालिका अन्तरगतका गाविसहरुमा अभियान शुरु भएको छ । 

विहीबार बुढीचौर गाविसमा एमाले जिल्ला कमिटीका उपाध्यक्ष तथा टोली संयोजक बद्रिप्रसाद लम्सालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडाका भेलाहरु, गाउँ स्तरमा युवा, महिला किसानको संगठन पुनर्गठन योजना तयार गरिएको छ । 

कार्यक्रममा जिल्ला कमिटीका सदस्य तथा टोली सहसंयोजक नवीन सिग्देल, २ नं. क्षेत्रीय कमिटीका अध्यक्ष बिदुर हुँमागाईँ, जिल्ला विभागका सदस्य कृष्ण धिताल, क्षेत्रीय कमिटीका सदस्यहरु राजप्रकास भण्डारी, चेतरत्न लामा लगायतको आथित्यता रहेको थियो । 

कार्यक्रम गाउँ कमिटीका अध्यक्ष जुलाफ सिं रुम्बाको सभाध्यक्षतामा भएको हो । यस अघि टोलीको बैठक बसी गढीमा जिल्ला कमिटीका सदस्य तेजप्रसाद लम्साल, आमभन्ज्याङ्मा जीतबहादुर घिमिरे, सुकौरामा विदुर हुँमागाईँ, बुढीचौरमा कृष्ण धिताल प्रमुख रहने गरी टोली निर्माण गरेको थियो ।  



0 comments

Write Down Your Responses