Powered by Blogger.
दार्चुला नजिक भूकम्प

मकवानपुर,१७ मंसिर / दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएर भूकम्प गएको छ । यसको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको  थियो ।
गयराती १० बजेर ३७ मिनेटमा भारतको भूभागमा केन्द्रविन्दू भएर ५ दशमलब ३ रिक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिनुभयो ।
गएरातिको भूकम्पका कारण अहिले सम्म कुनैपनि क्षतिको विबरण नआएको दार्चुला प्रहरी प्रमुख केदार खनालले बताउनुभयो ।

0 comments

Write Down Your Responses